विद्यार्थी संगठनलाई प्रतिबन्ध लगाउने निर्णयविरुद्ध अखिल छैठौं प्यूठान संघर्षमा


प्यूठान, बैशाख ३ गते । सरकारले विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउने निर्णयको बिरोधमा अखिल छैठौं प्युठानले संघर्ष गर्ने भएको छ । अखिल छैठौं प्यूठानको २ गते सम्पन्न बैठकले संघर्षमा उत्रने निर्णय गरेको हो ।

जिल्ला समितिकी उपाध्यक्ष सावित्रा नेपालीको अध्यक्षता बसेको बैठकपछि जारी गरिएको प्रेसविज्ञप्तिमा विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउने निर्णय विरुद्ध घोषणा गरिएको संयुक्त विद्यार्थी आन्दोलनप्रति आफूहरूको ऐक्यबद्धता रहेको उल्लेख छ ।
बैठकले संर्घषका कार्यक्रम घोषणा गर्न अन्य सङ्गठनसँग समन्वय गर्ने तथा विभिन्न क्याम्पसमा सो आन्दोलन सञ्चालन गर्न जिम्मेवारी बाँडिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा आगामी वैशाख १८ गते सहिद मित्रमणि आचार्यको स्मृतिमा कार्यक्रम गर्ने अखिल छैठौं प्यूठानले निर्णय गरेको छ ।

बैठकले गरेका निर्णयहरु ।
१. वर्तमान सरकारले “विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध” लगाउने गरी गरेको निर्णयलाई तुरुन्त खारेज गर्न जोडदार माग गर्दछौँ, साथै संयुक्त विद्यार्थी सङ्गठनद्वारा घोषणा गरिएका कार्यक्रममा हाम्रो ऐक्यबद्धता व्यक्त गर्दछौँ ।
२. केन्द्रको निर्देशनबमोजिम जिल्लामा गर्नुपर्ने कार्यक्रम सम्पन्न गर्नको लागि जिल्लामा क्रियाशील सम्पूर्ण विद्यार्थी सङ्गठनहरूबिच समन्वय गर्न पहल गर्ने निर्णय भएको छ ।
३. केन्द्रले निर्धारण गरेबमोजिम जिल्लाका क्याम्पसमा अभियान सञ्चालन गर्नका लागि हाम्रो सङ्गठनका निम्नबमोजिमका साथीहरूलाई तपसिलमा उल्लेखित जिम्मेवारी तोकिएको छ ।
क) अमर क्याम्पस – विवेक पुनमगर, दीपिका सुनार, अमृता सुनार
ख) गौमुखी क्याम्पस – प्रवीण जिसी, सचिन कुँवर, सबिर बस्नेत, प्रतीक्षा केसी, सङ्गिता विक, सुशीला विक
ग) प्युठान क्याम्पस – सावित्रा नेपाली, करिश्मा परियार, बिपिसा परियार
घ) झिम्रुक क्याम्पस – मान्यता गिरी
ङ) स्वर्गद्वारी क्याम्पस – माया घर्तीमगर, सागर विक, अमृता विक
४. आगामी वैशाख १८ गते मित्रमणि स्मृतिदिवस बिजुवारमा मनाउने निर्णय भएको छ । सोही दिन जिल्ला समितिको पूर्ण बैठक बस्नेसमेत निर्णय भएको छ ।”
विज्ञप्तिमा उपाध्यक्ष सावित्रा नेपाली, सचिव प्रवीण जिसी, सहसचिव सचिन कुँवर, कोषाध्यक्ष सबिर बस्नेत, सदस्यहरू माया घर्तीमगर, मान्यता गिरी, दीपिका सुनार, प्रतीक्षा केसी, करिश्मा परियार, अमृता सुनार, निशा राउत, सङ्गिता विक, सुशीला विक र सल्लाहकार विवेक पुनमगरको हस्ताक्षर रहेको छ ।























