छानबिनको माग गर्नु संसदीय दुरुपयोग – अर्थमन्त्री


काठमाडौं, जेठ २७ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छानबिनका लागि संसदीय समिति गठन गर्न मानेका छैनन् । अर्थमन्त्री वाग्लेले आधार र प्रमाणबिना संसदीय छानबिन समिति गठनको माग उचित नभएको बताए ।
बुधबार अर्थ समितिको बैठकमा उनले अवैध काम, उजुरी वा प्रमाण नभई छानबिनको माग गर्नु संसदीय प्रक्रियाको दुरुपयोग हुने बताए ।

आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको आरोप लगाउँदै विपक्षी दलहरूले संसदीय छानबिन समिति गठन र अर्थमन्त्रीको राजीनामा माग गरेका छन्। संसदमा पेस गरिएको ४६४ पृष्ठको आर्थिक विधेयक र अर्थ मन्त्रालयको वेबसाइटमा राखिएको ४४८ पृष्ठको संस्करणबीच फरक देखिएपछि विवाद उत्पन्न भएको हो ।
संसदीय जानकारहरूका अनुसार संसदमा पेस भइसकेको विधेयक संशोधन गर्न संसद्को स्वीकृति आवश्यक पर्छ। यही विषयलाई लिएर एमालेले संसदीय छानबिनको माग गरेको । राप्रपा र श्रम संस्कृति पार्टीले अर्थमन्त्रीको राजीनामा माग गरेका छन्।
























