संविधानले गरिबको उत्थान गरेको छैन – बार अध्यक्ष मिश्र

बटवल बारमा पद हस्तानत्रण

बुटवल, जेठ ३० गते । उच्च अदालत बार एशोसिएसन बुटवल, रुपन्देहीमा पद हस्तानत्रण गरिएको छ । यही १७ गते सम्पन्न ३२ औं साधारण सभा र २१ औं  अधिवेशनबाट माधवप्रसाद घिमिरेको नेतृत्वमा निर्वाचित समितिका पदाधिकारी र सदस्यहरुको शनिबार पह स्तानत्रण भएको हो ।

निर्वतमान अध्यष गोविन्द मरासिनीले नवनिर्वाचित अध्यक्ष माधवप्रसादलाइृ पद हस्तानत्रण गरेका हुन् ।
सोही कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले संविधानले गरिबको उत्थान नगरेको बताए ।

उनले संविधानले नै गरिबको उत्थान नगरेकाले गरिबले न्याय पाउन नसकेको बताउंदै गरिबले कहिले न्याय पाउलान घन्दै प्रतिप्रश्न गरे । अध्यक्ष मिश्रले दुइ तिहाई सरकारको बाढी न्यायलयमा पस्न नहुने बताउंदै नेपालको न्याय प्रणालीलाई बलियो र विश्वासिलो बनाउनु पर्ने बताए ।

नेपाल बार एशोसिएसनका उपाध्यक्ष कृष्णप्रसाद पोखरेलले बार र बेन्चवीचको सम्बन्ध कायम राख्नु पर्ने बताउंदै विधिको शासनबाट देश चलाउनु पर्नेमा जोड दिए । उनले बार एशोर्सिसनलाई सबैको अपनत्व हुने खालको साझा बनाउनु पर्नेमा जोड दिंदै भने अब बारमा सबै संघसंगठनहरुको प्रतिनिधित्व गराउनुपर्छ ।

न्यायधिश रमेश ढकालले न्यायलयप्रतिको विश्वास बढाउनु पर्ने बताउंदै बारले स्वतन्त्र न्यायलयको डिफेन्स गर्नुपर्छ भने ।

कार्यक्रममा उच्च अदालत बार एशोसिएसन बुटवलका निवर्तमान अध्यक्ष गोविन्द मरासिनी, पूर्व अध्यक्ष कैलाश ज्ञवाली, भैरहवा बार एशोसिएसनका अध्यक्ष लयप्रसाद भट्टराई, जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख प्रकाश मरासिनी, बरिष्ठ अधिवक्ता विनोद गौतम, हरिप्रसाद पाण्डे लगायतले बोल्दै पेशागत मर्यादालाई कायम राखेर न्यायको क्षेत्रबाट न्याय दिनुपर्नेमा जोड दिएका थिए ।

बार एशोसिएसन बुटवलका नवनिर्वाचित अध्यष माधवप्रसाद घिमिरेको अध्यक्षता र सचिव लोकप्रसाद खरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।