बैंकले व्याजदर बढाएको प्रति उद्योग संघद्वारा राष्ट्र बैंकको ध्यानाकर्षण
वृद्धि गरेको व्याजदर अविलम्ब पुनरावलोकन गर्न माग



बुटवल/कोरोनाले थलिएको औद्योगिक क्षेत्र भर्खरै वामे सर्न लागेको बेला बैंक तथा वित्तिय संस्थाहरुले व्याजदर अत्याधिक बढाउन थालेकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई नियमनका लागि नेपाल राष्ट्र बैकलाई रुपन्देहीका उद्योगीहरुले आग्रह गरेका छन् । कोभिडबाट तहसनहस भएको अर्थन्तत्र र उद्योग व्यवसायलाई बचाउनका लागि सरल कर्जा प्रवाह र सहुलियत व्याजदर कायम गर्न रुपन्देही उद्योग संघले माग गरेको छ ।
रुपन्देही उद्योग संघको एक प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नरलाई नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखामार्फत ज्ञापनपत्र बुझाउँदै पूँजी विस्तार गरी उद्योगलाई बचाई राख्न कोसिश गरिरहेको अवस्थामा हालैको बैंकहरुको व्याजवृद्धिले आंतक नै सिर्जना गरेको उल्लेख गरिएको छ । संघको ज्ञापन पत्रमा बैंकको अस्वाभाविक कदमले स्वदेशी उत्पादन र राष्ट्रिय अर्थतन्त्रमा नै असर पर्नुका साथै विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्ने अवस्था नरहने जनाइएको छ ।
संघले बैंक तथा वित्तिय संस्थाहरुद्वारा हाल कायम गरिरहेको व्याजदर तत्काल पुनरावलोकन गर्न र उत्पादनमूलक क्षेत्रको व्याजदर एक अंकमा कायम गरी सरल रुपमा प्रभावको व्यवस्था गर्न आग्रह गरेको छ ।
ज्ञापनपत्र बुझाउदै संघका अध्यक्ष माधव प्रसाद पौडेलले लामो समयको महामारीबाट प्रताडित उद्योग–व्यवसायहरु बिस्तारै तङ्ग्रिँदै गरेको अवस्थामा उत्पादन लागतमा प्रत्यक्ष दबाब बढ्ने गरी वृद्धि गरेको व्याजदर प्रति संघको गम्भिर आपत्ति रहेको बताउनु भयो । बजारमा तरलता अभावको कारण देखाउँदै बैंक तथा वित्तिय संस्थाहरुलाई वृद्धि गरेको व्याजदरलाई अविलम्ब पुनरावलोकन गर्न जरुरी भएको उल्लेख गर्दै अध्यक्ष पौडेलले औद्योगिक कर्जाको व्याजदर एक अंकमा नबढ्ने गरी निर्धारण गर्न आग्रह गर्नु भयो ।
पौडेलले बैंक तथा वित्तिय क्षेत्रबाट प्रवाह हुने कुल कर्जामध्ये उत्पादनमूलक क्षेत्रमा प्रवाह हुने कर्जा लगानीलाई सहज र सरल प्रक्रियाबाट प्रवाह गर्ने व्यवस्था गरी अनुत्पादक क्षेत्रको लगानी घटाउँदै उत्पादनमूलक क्षेत्रको लगानी बढाउने नीति बनाउन राष्ट्र बैंकको ध्यानाकर्षण गराउनु भएको छ । ज्ञापन पत्र बुझ्दै राष्ट्र बैंक सिद्धार्थनगरकी मुख्य व्यवस्थापक रञ्जना पौडेलले निक्षेप तानातानको अवस्थामा बैंकबाट व्याजदरमा भएको वृद्धिले उत्पादन क्षेत्रका उद्योगहरुलाई समस्या परेको प्रति आफु गम्भिर बनेका बताउँदै त्यसका लागि सम्बन्धित निकायमा पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । पौडेलले स्वदेशी उद्योग र उत्पादनलाई राज्यले वर्गिकरण गरेर राहात र सहुलियतको प्रवन्ध नगर्दासम्म अहिलेको प्रक्रियाबाट बैंकले गर्ने लगानीबाट प्रतिफल प्राप्त हुन नसक्ने धारणा राख्नु भयो ।
उहाँले उद्योग र अन्य व्यवसायमा बैंक वित्तिय क्षेत्रबाट गरिने लगानी र व्याज प्रकृति अनुसार फरक गर्दै नियमन गर्ने कार्यलाई बलियो बनाउनु जरुरी रहेको समेत बताउनु भयो ।
सो अवसरमा टोलीमा सहभागी संघका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, महासचिव हरिबहादुर खत्री, कोषाध्यक्ष हिरामणी भट्टराई, सचिव बसन्त ढकाल, संघका प्रमृख कार्यकारी प्रमुख यादव प्रसाद भण्डारीले उद्योग र औद्योगिक क्षेत्रमा परेको समस्या र त्यसका लागि राष्ट्र बैकले चाल्नु पर्ने कदमका बारेमा आफ्नो राय सहितको सुझाव राख्नु भएको थियो । उहाँहरुले नेपालका उद्योगको प्रतिस्पर्धी क्षमता विगतको भन्दा ह्रास भएको अवस्थामा बैंकको व्याजदर वृद्धि हुँदा उद्योग क्षेत्रको लगानी झनै प्रभावित हुने भन्दै गम्भीर भएर यसमा विचार गरिदिन गभर्नरलाई आग्रह गर्नु भएको थियो ।











![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










