अपाङ्ताका लागि रोजागर सिर्जना गर्न आग्रह


श्यामलाल पोखरेल
बुटवल,फागुन८गते।फाउण्ड नाम परियोजनाले अपाङ्ताको क्षेत्रमा काम गर्दै आएको छ।अपाङ्ताहरुका लागि रोजागरीको सिर्जना गरी व्यवस्था गर्दै आएको छ, फाउण्ड परियोजनाले। द लेप्रोसी मिशन नेपालले बेलायत सरकारको अन्तर्राट्रय विकास विभागको संयुक्त प्राविधिक तथा आर्थिक सहयोग राष्ट्रिय अपाङ महासंघ र नेपालस्थित नेपाल उद्योग वाणिज्य महासंघ संगको संयुक्त साझेदारीमा सन् २०२१ देखि २०२३ सम्मका लागि रोजगार बिहिन अपाङताहरुका लागि फाउण्ड परियोजनाले नेपालका ५ वटा जिल्लामा काम गर्दै आएको। फाउण्ड परियोजनाले रुपन्देही,कविलवस्तु,काठमाण्डौ, ललतिपुर र मोरङमा काम थालेको हो।महिला,पुरुष अपाङताहरुका लागि पूर्ण उत्पादनमूलक तथा सम्मानजनक रोजगारी, समान तलब र सेवा सुविधाको सुनिश्चित गर्ने फाउण्ड परियोजनाको परिकल्पना रहेको परियोजनाकी रोजगार परामर्श अधिकृत राधा भट्टराईले बताउनुभयो।रोजगार परामर्श अधिकृत राधा भट्टराईका अनुसार परियोजनाको लक्ष्य अपाङ्ता भएका व्यक्तिहरुलाई रोजगारी तथा स्वरोजगारमा प्रवेश गराएर बढुवा दिलाउने छ।त्यस्तै बेरोजगारहरुको औपचारिक रोजगारी प्रतिको क्षमता तथा आत्मविश्वास बढाउने परियोजनाको लक्ष्य रहेको छ।रोजगारदाताहरुको अपाङ्ता भएका व्यक्तिप्रतिको बुझाइमा सकरात्मक सन्देश प्रपाह गर्ने र रोजगार तथा छनौट गर्ने सीप र बुझाइमा अभिवृद्वि गर्ने फाउण्ड परियोजनाको प्रमुख उद्वेश्य रहेको छ।त्यस्तै अपाङ्ता भएका व्यक्तिहरुलाई नेपालमा औपचारिक तथा स्वरोजगारमा सफल हुनुका लागि सहयोग गर्ने कार्यहरुको प्रमाणहरु स्थापित गर्नेपनि फाउण्ड परियोजनाको उद्वेश्यभित्र रहेको छ।

अपाङ्ताको क्षेत्रमा काम गर्दै आएको फाउण्ड परियोजनाले यही फागुन ५ गते बुटवलमा पत्रकार महासंघ रुपन्देहीसंग सहकार्य गरी अपाङ्ताको विषयमा सरोकारवाला र पत्रकारबीच छलफल गरेको छ।उक्त कार्यक्रममा सहभागी सरोकारवालाले अपाङ्ता व्यक्तिहरुको लागि उर्जाशिल अवसर तथा रोजगारको आवश्यकता रहेको बताएका छन्। अपाङ्ता भएका व्यक्तिहरुको रोजगारीको व्यवस्थापन र रोजगारी सिर्जनाका लागि पत्रकाररिता क्षेत्रको पनि ठूलो हात रहने भएकाले मिडियाको साथ सहयोग आवश्यक पर्ने बताइएको छ।पत्रकार महासंघ रुपन्देहीसंगको सहकार्यमा सरोकारवाला र पत्रकारहरुबीच अपाङ्ताको विषयमा अन्तरक्रिया तथा छलफल भएको छ। सञ्चारकर्मीहरुसंगको अन्तरक्रियामा फाउण्ड परियोजनाको परिचय,उद्देश्य, लक्ष्य र उपलब्धीबारे अन्तरक्रिया गरिएको हो।अपाङता भएका व्यक्तिहरुको अवसर र प्रोत्साहनका लागि सञ्चार क्षेत्रको साथ र सहयोग आवश्यक रहेको मिडियाकर्मी तथा सञ्चारकर्मीहरुसंग सहकार्य आवश्यक रहेको परियोजनाका बुटवल क्लस्टर म्यानेजर राम दयाल यादवले बताउनुभयो।रोजगारविहिन अपाङता व्यक्तिहरुका लागि अबसर दिनुपर्ने र तयसका फाउण्ड परियोजनाले सहयोग सपोट गर्दै आएकाले उक्त कार्यक्रम सफल बनाउन मिडियाको प्रमुख हात रहने राम दयाल यादवको भनाइ छ।बुटवल क्लस्टर म्यानेजर राम दयाल यादवका अनुसार परियोजनाले लक्षित जिल्लामा रहेका अपाङताहरुको पहिचान र वर्गिकरण गरी उनीहरुको अवसरका लागि रोजगारदातासंग सहकार्य गर्दै आएको छ। कार्यक्रममा द लेप्रोसी नेपालका राष्ट्रिय निर्देशक शोभाखर कंडेलले परियोजनाले हालसम्म १० हजार बढी अपाङता व्यक्तिहरुलाई अवसर प्रदान गरेर रोजगारको व्यवस्था गरेको जानकारी गराउनुभयो। द लेप्रोसी नेपालका राष्ट्रिय निर्देशक शोभाखर कंडेलका अनुसार परियोजनाको अगुवाइमा हालसम्म १० हजार बढीलाई व्यवस्थापन गरिएको छ, भने १५ हजार बढीलाई पहिचान गरी वर्गीकरणसमेत गरिएको छ।फाउण्ड परियोजनाका व्यवसाय वित्त अधिकारी ढाकाराम अधिकारीले अपाङताहरुको सहयोगका लागि सबैमा सकारात्मक सोंच र व्यवहार हुनुपर्नेमा जोड दिनुभयो।स्वरोजगार जस्ता विषयमा परियोजना केन्द्रित रहेकाले अपाङताको विषयलाई साझा मुद्वा बनाउनु पर्ने र त्यसमा मिडिया तथा सञ्चारकर्मीहरुसंग आवश्यक अनुसार सहकार्य गरिने छ।सोही कार्यक्रमा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले राम्रा तथा जनपक्षीय कामका लागि पत्रकार महासंघ फाउण्ड परियोजनासंग सहकार्य गर्न सक्ने बताउनुभयो।अपाङ्ता भएका व्यक्तिहरुको रोजगारी दिने र रोजगारी सिर्जना गर्ने विषयमा पत्रकार महासंघ सधै पोजेटिभ रहेको महासंघका अध्यक्ष पोखरेलको प्रतिवद्वता छ।रुपन्देहीमा अपाङता भएका हजार बढीको पहिचान गरी ६ सय बढीलाई वार्षिक रोजगारको व्यवस्था गरेको फाउण्ड परियोजनाले बताएको छ।रुपन्देहीका ४० बढी सञ्चारकर्मीको सहभागिता रहेको उक्त अन्तरक्रिया तथा छलफल कार्यक्रममा परियोजनाकी रोजगार परामर्श अधिकृत राधा भट्टराईले कार्यक्रमको सञ्चालनका साथै कार्यक्रमबारे सहजीकरण गर्नुभएको थियो।उक्त अन्तरक्रियामा पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष यानेन्द्र जीसी,पत्रकार निरु गौतम, मिनाक्ष न्यौपाने,कल्पना तिवारी लगायतले आआफ्ना भनाइ राख्नुभएको थियो।










![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










