स्वतन्त्र नागरिक समूह नेपालका महासचिव मातृ शोकमा

 बुटवल, असार ३० गते । शिक्षा पे्रमी तथा स्वतन्त्र नागरिक समूह नेपालका महासचिव टोपबहादुर केसी मातृशोकमा परेका छन् । टोपबहादुर केसीको ममतामयी आमा सावित्रीदेवी क्षेत्री रिजालको निधन भएको छ ।

रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर ८ दीपनगर निवासी स्व. सावीत्रीदेवी क्षेत्री रिजालको यही असार २४ गते निधन भएको हो । दम र बात रोगको उपचार भैरहेको अवस्थामा स्व. सावस्त्रीदेवी क्षेत्री रिजालको ८६ वर्षको उमेरमा दीपनगर आफ्नै निवासमा अकस्माथ निधन भएको थियो ।

बुटवल र भैरहवको मेडिकलकलेजमा उपचार भैरहेको थियो । स्व. सावीत्रीदेवी क्षेत्री रिजालका दुइ छोरा र पांच जना छोरी हुन । जेष्ठ पुत्र कम्युनिष्ट आन्दोलनका अग्रज तथा वामपन्थी नेता विकास केसीको २०७४ साउन १ गते सडक दुर्घटनामा परी २ गते निधन भएको थियो । त्यस्तै माइली छोरी जानकी थापाको पनि यस अघि नै निधन भएको छ ।
समाजको नेतृत्व गर्न सक्ने छोरा छोरीको जन्मदिने आमा स्व. सावीत्रीदेवी क्षेत्री रिजालप्रति नयांदिशा परिवार हार्दिक श्रदाञ्जली अर्पण गर्दै दुख्को यस घडीमा घरपरिवार र आफन्त जनमा समवेदना प्रकट गर्दछ ।

स्व. आमा सावीत्रीदेवी क्षेत्री रिजालको निधनप्रति स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैह्ेले शोक विज्ञप्ती जारी गरी दुख् प्रकट गर्दै श्रदाञ्जली अर्पण गरेका छन् । अध्यक्ष गैह्ेले जारी गरेको शोक विज्ञप्तीमार्फत स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष गैह्ेले एक निष्ठावान परिवारमा पर्न गएको शोकले स्तब्ध बनाएको बताएका छन् । स्व. आमाप्रति रिचशान्तीको कामना गर्दै घरपरिवारमा समवेदना प्रकट गरिएको छ । सावीत्रीदेवी क्षेत्री रिजालको निधनले एक असल र सहयोगी अभिभावक गुमाउंदा दुख्ख लागेको शोक विज्ञप्तीमा उल्लेख गरिएको छ ।

स्वतन्त्र नागरिक समूह नेपालले दीपनगर निवासमा शोकसभा गर्ने भएको छ । त्यस्तै नागरिक समाजका अगुवा तथा अधिवक्ता पदमबहादुर कार्की र प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष श्यामलाल पोखरेलले स्व सावीत्रीदेवी क्षेत्री रिजालको निधनप्रति दुख्ख प्रकट गर्दै श्रदाञ्जली अर्पण गरेका छन् ।स्व