बुटवल काउनमा १ सय ५१ युनिट रगत संकलन


बुटवल, भदौ १५ गते । नेपाल निर्माण तथा सम्बद्द श्रमिक संघ काउन बुटवल इकाईले १५ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । निर्माण क्षेत्रमा काम गर्दै आएको काउन बुटवल इकाईले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ५१ युुनिट रगत संकलन भएको छ ।

काउनले आफ्नो १५ औं स्थापना दिवसको अवसरमा रक्तसञ्चार सेवा केन्द्र बुटवललाई १० थान वेड सहयोग गरेको छ । काउन बुटवल इकाई अध्यक्ष तिलबहादुर हिस्की मगरले ४० हजार बराबरको १० थान वेड हस्तान्त्रण गरिएको जानकारी गराए । काउन कार्यसमिति सदस्य गितादेवी राउतले रक्तदान कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।
त्यस अबसरका बोल्दै कार्यक्रमका प्रमुख अथिति बुटवल उपमहानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष बलबहादुर पुनले रगतको अभाव हुन नदिन सबै संघसस्थाहरुलाई नियमित रुपमा रक्तदान कार्यक्रम आयोजन आगर्न आग्रह गरे । रगत दिनु भनेको मानवीय धर्म भएको बताउंदै मानवले मानवको सेवा गर्नु उत्तम कार्य भएकाले वडामा आयोजना हुने सबै रक्तदान कार्यक्रमलाई सहयोग पुराउने उनले प्रतिवद्दता जनाए ।

काउन बुटवल इकाई अध्यक्ष तिलबहादुर हिस्की मगरको अध्यक्षता र सचिव जयसिंह चौधरीको सञ्चालनमा भएको कार्यक्रममा काउन बुटवलका संस्थापक अध्यक्ष सूर्यदेव दास, उपाध्यक्ष भिमबहादुर दर्लामी लगायतले बोल्दै रक्तदान कार्यक्रमलाई नियमित बनाउनु पर्नेमा जोड दिए । रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान गरिएको थियो ।






















