रुपन्देही उद्योग संघमा साझा प्यानल घोषणा

 

  • अध्यक्षमा पौडेल, महासचिवमा खत्री र कोषाध्यक्षमा भट्टराई

बुटवल, २० असोज ।
रुपन्देही उद्योग संघको २२ औं अधिवेशन अन्तरगत आगामी हुन लागेकोनेतृत्व चयन सर्वसम्मत गराउनेप्रयास स्वरुप सहमति कायम भएको छ । सोही सहमति अनुसार संघका वर्तमान वरिष्ठ उपाध्यक्ष माधव प्रसाद पौडेलको नेतृत्वमा साझा प्यानलको घोषणा बुधवार भएको छ । संघको ४३ औ साधारणसभा तथा २२ औ अधिवेशन यहि असोज २३ गते हुदैछ ।

माधव प्रसाद पौडेल

बुटवलमा पत्रकार सम्मेलन गर्दै पौडेलको नेतृत्वको प्यानल सार्वजनिक गरिएको हो । सो प्यानलमा नेकपा एमाल, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र निकट उद्योगीहरुकोसहमति रहेकोछ ।
घोषित प्यानलबाट बरिष्ठ उपाध्यक्षमा दिलिप सापकोटा, प्रथम उपाध्यक्षमा कृष्ण प्रसाद पराजुली र द्धिप्तीय उपाध्यक्षमा जिवकान्त काफ्लेले उममेदवारी दिनेजनाइएकोछ । प्यानलमा रहेका सापकोटा हाल प्रथम उपाध्यक्ष हुन भने पराजुली द्धितीय उपाध्यक्ष तथा काफ्ले महासचिव हुन् ।
त्यसैगरी महासचिवमा हालका कोषध्याक्ष हरी बहादुर खत्री र कोषाध्यक्षमा हालका सचिव हिरामणी भट्टराइकोउम्मेदवारी रहनेछ ।

हरी बहादुर खत्री

संघका पूर्वअध्यक्षहरुले उम्मेदवार छनौटका लागि एजाज आलम, वोनिन पिया र गणेश प्रसाद अधिकारीलाईजिम्मेवारी दिएका थिए । यो टिमलेसबैको सहभागिता रहने गरि उम्मेदवार छनौट गरेको जनाइएको छ । यो छनौटबाट संघमा आगामी नेतृत्व सर्वसम्मत हुने अनुमान गरिएको छ ।

हिरामणी भट्टराइ

त्यसैगरी संघको सचिवमा हाल कार्यसमिती सदस्य रहेका बसन्त ढकाल र महिला सदस्यमा मन्जु भुसाललाई तथा सहकोषाध्यक्षमा सुरेन्द्र ज्ञवालीलाई उम्मेदवार बनाइने भएको छ ।
यता एसोसिएट तर्फ सुमन बस्याल र तुल्सी गुरुङ्ग,आजिबन सदस्य तर्फ माधव नेपाल, संस्थागत सदस्य तर्फ अशोक कुंवर, महिला सदस्यतर्फ सारदा भटराई र मिना थापा तथा बुटवल औद्योगिक क्षेत्रबाट कमल ज्ञवालीको उम्मेदवारी रहने छ ।
संघको खुल्ला तर्फका सदस्यहरुमा प्रेम आले, लाल प्रसाद बस्याल, राजु घिमिरे, बल बहादुर गोदार, चन्द्रकान्त खनाल, गोबिन्द भुसाल, लाल बहादुर थापा र नेत्र रुचाल रहेका छन भने बुटवल उपमहानगर पालिकाबाट लालहरी पाण्डे र जमुना पोखरेल तिलोत्तमा नगरपालिकाबाट बिशाल बेल्वासेर शुद्धोधन गाउपालिकाबाट रमेश खनाललाई उम्मेदवार बनाउने सहमति भएको छ ।