ढुवानी समितिमा दशैंको शुभकामना आदानप्रदान

 

 

बुटवल, २५ असोज– नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभदिपावलीको पावन अबसरमा ढुवानी व्यवसायी समिति, रुपन्देहीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
समितिको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा कोरोनाको असहज अवस्थामा व्यवसायीहरुले भोगेको समस्याहरु चाडपर्व मनाउदै गर्दा एकछिन विर्सेर घरपरिवारसंग रमाइलो गरि मनाउन आग्रह गर्दै शुभकामना आदानप्रदान गरिएको थियो ।
उक्त अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले ढुवानी व्यवसायी र ट्रक व्यवसायीहरु एकअर्काका परिपुरक व्यवसायी भएको हुदाँ हरेक कुरामा एक भएर अगाडी बढ्न अनुरोध गर्नु भयो । उहाले ढुवानी क्षेत्रका समस्याहरुलाई आफुले राम्रोसंग बुझेको बताउदै त्यसका लागि ट्रक समितिमा रहदा र आउदा दिनमा पनि गम्भिर भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
त्यस अवसरमा ढुवानी समितिका पूर्व अध्यक्ष तथा सल्लाहाकार माधव नेपालले यातायात क्षेत्रका समस्याहरुका बारेमा ट्रक तथा ढुवानी व्यवसायीको एकता विना समाधान हुन नसक्ने बताउदै हरेक चुनौतीमा एक भएर हिड्न आग्रह गर्नु भयो ।
कार्यक्रममा समितिका सल्लाहाकार पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव जीतबहादुर भाटले पुराना तिता कुराहरु विर्सेर व्यवसायीको हकहितका लागि सबै एक ठाउमा उभिने अनुरोध गर्नु भयो ।
कार्यक्रम ढुवानी व्यवसायी समिति, रुपन्देहीका अध्यक्ष श्याम हमालकोे अध्यक्षतामा सम्पन्न भएको थियो ।