कोरानाबाट सबै भन्दा बढी प्रभावित श्रमजीवि पत्रकार

बुटवल, कार्तिक ९ । कोडिक संक्रमणका कारण सबै भन्दा बढी श्रमजीवि पत्रकारहरु प्रभावित भएको मिडियामर्कीहरुले बताएका छन् । कोभिड १९ ले मिडियाहाउसहरु प्रभावित हुंदा श्रमजीवि पत्रकारहरु आर्थिक रुपले बढी प्रभावित भएको उनीहरुको भनाइ छ । चांदनी नेपालले मंगलबार बुटवलमा आयोजना गरेको कोराना संक्रमणले मिडियामा पारेको प्रभाव विषयक छलफल कार्यक्रममा बोल्ने मिडियाकर्मीले तीनै तहका सरकार मिडियाप्रति जबाफदेही बन्न नसकेको बताए ।

मिडियाहाउस सञ्चालनका लागि विज्ञापन बजार कमजोर भएको बेला पनि तिनै तहका सरकार जबाफदेही बन्न नसकेको मिडियाकर्मीहरुको गुनासो छ । नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कोराना संक्रमणको सबै भन्दा बढी जोखिम श्रमजीवि पत्रकारहरुले ब्यहोर्नु परेको बताउनुभयो । ११ सय ७ जना पत्रकार कोरानाको संक्रमणमा परेको बताउंदै २६ जना पत्रकारको मृत्यु भएको जानकारी गराउनुभयो । उहांले संकटको बेला सरकारले मिडियाप्रति राम्रो व्यबहार नदेखाएको बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरी, पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेल, दिनेश पाण्डे, माधव नेपाल, विष्णु भुसाल, खिमानन्द भट्टराई, कल्पना तिवारी, एनवी कंडेल, पत्रकार महासंघका केन्द्रिय सदस्य तथा चांदनी नेपालका भवानी पाण्डे लगायतले बोल्दै कोरानाका कारण बढी प्रभावित मिडिया क्षेत्रलाई सम्बोधन गर्न सरकारसंग माग गरेका छन् ।