शान्ति समाजद्वारा १६ स्रष्टालाई पुरस्कार प्रदान

बुटवल, कार्तिक १६ । मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारहरु प्रदान गरेको छ । मंगलबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी १६ जना स्रष्टाहरुलाई पुरस्कार प्रदान गरी सम्मान गरिएको हो ।
वर्ष २०७८ को महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान श्रवण मुकारुङ, चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रा.डा.वेणीमाधव ढकाल, कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान रामरिझन यादव, ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान रामबहादुर पहाडी, राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान रत्ननिधि रेग्मी, मानबहादुर रावल वातावरण स्रष्टा सम्मान रामेश्वरी पन्त, गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात प्रतिसरा सायमी, जोगमाया बराल स्रष्टा सौगात विना थिङ तामाङ, राधादेवी दाहाल स्रष्टा सौगात मनु विक, जनककुमारी रेग्मी स्रष्टा सौगात मेनका पोखरेल आचार्य, पद्यप्रसाद दाहाल स्रष्टा सौगात देवकी तिमल्सिना रोकाया, श्रीप्रसाद दाहाल स्रष्टा सौगात सुदेश सत्याल र वर्ष २०७७ को राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान निलम कार्की निहारिकालाई प्रदान गरिएको हो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिको सेरोफेरोमा आयोजित कार्यक्रमको सभापतित्व शान्ति समाजका सभापति प्रमुख अतिथि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुरस्कृत स्रष्टाहरुलाई २० हजार नगद राशीसहित ताम्रपत्र प्रदान गरेका थिए ।
यसैगरी कार्तिक १५ गते शान्ति समाजद्वारा नेपालगञ्जमा आयोजित कार्यक्रममा पवित्रादेवि चौलागाई मानव अधिकार स्रष्टा सम्मान स्रष्टा विष्णुलाल कुमाल र श्रीनारायण दाहाल स्रष्टा सौगात स्रष्टा रविना चौधरीलाई प्रदान गरिएको थियो भने कार्तिक १२ गते इटहरीमा आयोजित कार्यक्रममा स्रष्टा मनु मञ्जिललाई भूमिप्रसाद बराल स्रष्टा सौगात प्रदान गरिएको शान्ति समाज रुपन्देहीका सभापति डिपी खनालले जानकारी गराएका छन् ।
समाजका केन्द्रिय सभापति गोविन्द खनालको अध्यक्षता र उप सभापति रत्नलक्ष्मी श्रेष्ठले स्वागत गरेकी थिइन । कार्यक्रममा पुरस्कृत स्रष्टाहरुले कविता प्रस्तुत गरेका थिए ।