मूल प्रवाहको ४३औं स्थापना दिवशको समिक्षा

सुरेशकुमार पान्डे ।
अहिले मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो बयालिस बर्ष पार गरी त्रिचालिस बर्षमा पाईला टेक्दैछ ।
यसपालि मैले सटिक रूपमा मितिहरू न लेखेर मात्रै आफ्नो शंक्षिप्त अनुभव लेख्ने प्रयात्न गर्नेछुँ । एकता समाजको बारेमा बिभिन्न साथिहरूले आआफ्ना अनुभवहरूलाई समय समयमा पुस्तक लेखेर साझा गर्दै आउँनु पनि भएकैछ । साथै समय समयमा अखबार नेपाली समाचारमा पनि लेख रचनाहरू आउँने गरेका छन् नै । एकता सन्देश र स्मारिकामा पनि जनाकारि समेटिएको छ नै । आफैले पनि बिगतका दिनहरूमा थुप्रै लेख रचनाहरू र आफ्ना अनुभव पनि बेला बेलामा लेख्दै आएको छुँ तिनिहरूलाई फेरी द्वौराउँन चाँहादैन।मात्र केहि आफ्नो अनुभवलाई साझा गर्ने प्रयात्न गर्दैछु ।
अहिले मैले सटिकरूपमा आफ्नै बारेमा लेख्दैछु । म भारतमा दश बर्षको बाल मजदुरको रूपमा आएको हुँ । दश बर्षको नाबालिकले कति बर्ष नेपालको स्कुलमा अध्ययन गरेहुला ? भन्नेबारे मैले किटान गर्न नपर्ला । यो ससाना बालखले पनि अनुभव गर्न सक्छन। म पानीपतको थर्मल जँहा बिधुत्त उत्पादन हुन्छ।त्यो ठाउँमा १९८०मा आएं र बतौर सन१९८१मा(दैनिक बेतन भोगि)दिनगन्ति ज्यालामा मजदुरी काममा लागेको थिएं।त्यहि मैनामा संगठनको सदस्याता लिएर संगठनमा आबद्ध भएको लगभग चालिस बर्ष भयो ।
यो चार दशकमा एकता समाजनै हाम्रो शिक्षा केन्द्र रहेकोछ । हामिले एकता समाजमा काम गर्दै सिक्दै अनुभव हासिल गर्दै आएको कुरा कसैबाट लुकेको छैन।हामि संगठनमा कुनै राजनीतिक पार्टीको प्रभावमा परेर त लागेनौं न कुनै ब्याक्तिको पिछलग्गु भएर संगठनमा आयौँ । मलाई सामाजिक काम मन परो, अनि संगठनको निस्वार्थ ब्यबहारले प्रेरित पनि गरो । ।हामिले एकता समाजमा सामिल हुने भन्दा पहिलेको सामाजिक ढांचा र त्यो समाजबाट फाईदा उठाउँने उदेश्यले प्रेरित कयौं संग संस्थाहरूको काम गर्ने तौरतरिका लाई पनि बुझेका थियौं । क्षेत्रीय स्तरका जातिय र धार्मिक स्तरका त्यो बेलाका संगठनहरूको कार्यप्रणालि र अखिल भारत नेपाली एकता समाजको कार्यप्रणालिमा मौलिक रूपमा नै भिन्न देखेपछि यो मात्र भारतमा एउटा जनतालाई सचेत पार्न सक्ने अनुभव भयो र हामिले एकता समाजमा समाजसेवा गर्दै आयौं।
बिस्तारै एकता समाजमा जिम्मा लिंदै सकेसम्मका काम गर्दै जाँदा हामिले सोंचेको जस्तै जनताको आवाज बोकेर शंघर्ष गर्ने देशभित्र पनि नेकपा(मसाल)को पृथक छबि देखेर हाम्रो चासो बढेकैहो।हामिलाई सक्रिय संगठनको जुझारू रूपमा उभ्याउँन मद्त दिने देशभित्रको कुंसँस्कार भ्रष्टचारको बिरूमा हुँने आन्दोलनहरूलेनै हो।
अखिल भारत नेपाली एकता समाजमा बिभिन्न समयमा संगठित भयका साथिहरू हाम्रा अग्रजहरूले हामिलाई बिचबाटामा छाडेर गएपनि हामि हतोस्ताहित भयनौँ।बरू कयौं स्वार्थि तत्व संगठनबाट निक्लेर जाँदा हाम्रो संगठन झन बलियो जुझारू भएर अगाडि बढेको हामिले पायौं।
पुराना बिगतका दिनहरूका अनुभवहरूलाई संगाल्दै अगाडि बड्दा हामिलाई संगठनमा आउँने जाने क्रमजारिनै रहन्छ।यो एउटा प्रकृयानै हो भन्ने बुझेका साथिहरू कोई निक्लेर गयपनि निरास हुँदैनन्।समस्यालाई चिरेर अगाडि बढ्ने गर्दछन।तर यति भन्दा साथिहरू निक्लेर जाँदा दुःख हुँदैहुँदैन भन्ने होईन।हाम्रा बिचबाट कतिपय अबस्थामा अत्यान्तै मिलनसार अनुभवी र जुझारू खम्बाहरू पनि निक्लेर गयको यितिहाशछ।त्यो सबै बिषयले दुःख पनि लाग्छ।तर साथिहरू भित्र शंघर्ष गर्ने प्रकृयागत रूपमा अगाडि बढ्ने बिषयलाई बुझ्न नसक्नु एउटा दुर्भाग्यपनि हो।कसैलाई शाङ्गलाले बाँधेर राख्ने होईन बिचारले बाँध्ने हो तर साथिहरू बढि जान्ने भयपछि कसैको केहि लाग्दो रहेनछ।साथिहरू फुटेर क्रान्ति गर्न जानेहरूको हबिगत देखियो।हामि भित्र पनि एउटा आगनछ त्यो मनको आगन त्यँहा पनि बेला बखतमा कसिङ्गर आउँछ त्यसलाई पनि सफा गर्दै जानु पर्छ।त्यो मन मष्तिकको आगनलाई सफा गर्न नसक्नु हाम्रै कमि हो भन्छु मैले त।यँहा कसैलाई आरोप लगाएर आफु मुक्त हुन खोज्नू गलत हुनेछ।
सन १९७९सात नोवंबरमा गठन भयको नेपाली एकता समाज त्यो बेलाका सातै जाना श्री गोबिन्द सिहँ थापा–अध्यक्ष,श्रि रामचन्द्र शर्मा–उपाध्यक्ष,श्रि पदमराना–महामन्त्री,श्रि दण्डपाणि न्यौपाने,श्रि राजु नेपाली,श्री रत्न बहादुर र श्री दुर्गा प्रसाद शर्मा मध्य अहिले कति पय हाम्रो माझमा हुनु हुँदैन।जस्मा दुर्गा प्रसाद शर्माको ६३बर्षको उमेरमा २०७२मार्गको२६गते(९फर्वरी२०१६)मा मृत्यु भयो।पदम बहादुर रानाको बैसाख २गते२०७६साल(१५–०४–२०१९)पालपामा निधन भयो।अरू कतिपय जीवीत हुनुहुन्छ।तर सबैजसो साथिहरूले कहिले आ–आफ्ना बाटा भिंदा भिन्दै हिंडेपनि संगठन आजपनि दरिलो अबस्थामा बिधमानछ।हाम्रो बिच बाट शोभाखर धनञ्जय मृत अबस्थामा बेलारोड दिल्लिमा फेला पर्नु भयको थियो।जयलाल शर्मा कार्यालयबाटै अचेत बस्थामा हराउँनु भयको थियो।
अहिले सम्म धेरै कार्याक्रताहरूले आफ्नो पसिनाले सिंचेर त्याग र बलिदान दिएपछि आजको अबस्था सम्म संगठन पुग्न सक्यो।
संगठनको सुरूवात देखिनै संगठन भित्र तमाम उतराचडाव र यसभित्र देखा परेका अवसरबादीहरूले बेला बेलामा संगठनलाई टुक्राउँने प्रयात्न पनि गर्दै आएकाछन।संगठको १२मई सन१९८६को देशभित्रको पञ्चायति चुनावको बिरूद्धमा गरेको जुलुस प्रदर्शनलाई बिथुल्न भारतिय प्रसाशनले ब्यापक दमन गरेको थियो।दश जना महिंला हरू लगायत ९५जना माथि लगाएको फौजदारी मुद्धा २४बर्ष पछि २१अगस्थ२०१०मा बल्ल खारेज भयको थियो।देशिय सामन्तवाद बिदेशी बिस्तारवादको चरम शडयान्त्र दमन को वाबजुद संगठनले लामू समय सम्म भारत स्थित नेपाली हरूको रक्षा शुरक्षा हक हितको लागि लगातार शंघर्ष गर्दै आएकोछ।
पहिलो सम्मेलन देखि सातौं सम्मेलन सम्म संगठनले ऐतिहाशिक जिम्मेवारी पुरा गर्दै आएको कुरा कसैबाट लुकेकोछैन।हाम्रो बिचमा अत्यान्तै मिलनसारा नेता मध्यका हरिलाल शर्मा,मित्रलाल भुसाल,लिलानाथ कुसुम ,खडक बहादुर जीसी,रूक बहादुर केसी,लगायतका धेरै सम्मानीय साथिहरूले संगठनमा आफुं बांच्दा सम्म कार्यरत रहनु भयो । ईतिहाशमा उँहाहरूको अतुलनिय योगदान छ र सम्मान रहिरहनेछ ।
मौका परस्तहरु
तर संगठनबाट गद्दारी गरेर जाने मौका परस्तहरूको पनि नकारत्मक मुल्यांकन ईतिहाशले गर्नेछ । अहिलेको अबस्थामा पनि संगठनलाई छिया छिया पार्ने जमर्को गर्दैछन।यिसबै तिता मिठा अनुभब बाट हामि अगाडि बढ्दै आएको सर्व बिदितनैछ।
मेरो ब्याक्तिगत अनुभवमा संगठनको बिधानलाई मानेर गयका कार्यक्रता नेताहरूले यो संगठनलाई उच्च स्तरमा पुराउन ठुलो मद्त गर्नु भयकोछ।संगठनकै माध्यायम बाट हामि जनताको घरदैलोमा पुगेर दुःख सुखमा भाग लिने मौका पाएकाछौँ।यो बेला पर्वाशमा मूल प्रवाहको नाम बाट खेलिने भैलो भारतभरिमा सबैभन्दा अनुसाशित भैलोको रूपमा गनिन्नछ।
संगठनको पांचौँ सम्मेलनले एकता समाजको पहिली मूलप्रवाहा लगाउँने निर्णय गय्रो किन भने त्यो बेलाका माओवादीहरूले पनि आफ्नो संगठनलाई अखिल भारत नेपाली एकता नाम राखेर भारतमा अराजक गतिबिधि गर्दै थियो।आफ्ना कार्यक्रता र सदस्यहरूको रक्षाको लागि संगठनले नाममा थोरै चिन्ह स्वरूप बदल्न पय्रो।किन कि हाम्रा कयौँ क्रार्यक्रतालाई स्थानिय प्रसाशनले अनाबस्याक दुखः दिदैं आएकोथियो।त्यो त्यो बेलाको एउटा ऐतिहाशिक फैसला थियो।
छैटौल सम्मेलनले पनि प्रथम सम्मलनलाई निरन्तरता दिन एउटा जनरल कौंसिलको खठन गरेको थियो।प्रत्यक सम्मेलनहरू आफैमा ऐतिहाशिकछन।अहिले संगठन आठौं सम्मेलनको संघारमा छ।यो बेलामा पनि थुप्रै कार्यक्रताहरू संगठनको बिकासको लागि लामबद्ध भयकान।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज एउटा प्रवासमा बसेका नेपालीहरूको छाता र साझा संगठनहो जसले सधै जनताको माझमा गयर जनतालाई संगठित गर्दै आएकोछ।हामिलाई यो संगठनमा आबद्ध भयर कामगर्न पाउँदा गर्व महेशुर्ष भयकोछ।तर बेला बखतमा संगठनलाई धुमिल पार्ने कुनियतले आएका थुप्रै असंगठित तत्वहरूले गर्दा संगठन लाई नोक्सान पुराउँने दुशहास गर्दै आएकाछन।मैले चारदसक देखि यो संगठनमा आएका तमाम उतराचढावलाई गम्भिर रूपमा नियालेर मुल्यांकन गर्ने गर्दै आएकोछुल