प्रगतिशील पत्रकार संघ नेपालको राष्ट्रिय सम्मेलन फागुनमा

बुटवल, मंसिर ५ गते । प्रगतिशील पत्रकार संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आगामी फागुन २७ र २८ गते दाङमा हुने भएको छ । संघको यही मंसिर १ र २ गते रुपन्देहीको सैनामैनामा सम्पन्न केन्द्रीय समितिको बैठकले राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।
त्यसअघि पुस मसान्तसम्म जिल्ला भेला तथा सम्मेलनहरु सम्पन्न गर्ने र माघमा प्रदेश भेला तथा सम्मेलन सम्पन्न गर्ने निर्णय गरिएको सचिव श्यामलाल पोखरेलले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
संघले प्रकाश थापाको संयोजकत्वमा सुमन अधिकारी र उदय जीएम सदस्य रहेको तीन सदस्यीय विधान संशोधन समिति पनि गठन गरेको छ ।
प्रगतिशील पत्रकार संघ नेपालको सुदुरपश्चिम प्रदेशको इन्चार्जको लागि बैठकले विद्यानाथ अधिकारीले तोकेको छ ।
बैठकले लुम्बिनी प्रदेश सरकारले ल्याउन लागेको तर विचाराधिन रहेको सञ्चार विद्येयक को विरोध गर्दै प्रेस स्वतन्त्रताको ग्यारेन्टी हुने खालको विधेयक ल्याउन माग गरेको छ। त्यस्तै केही महिनाअघि सम्पन्न पत्रकार महासंघको तीनै तहका निर्वाचनबारे समिक्षा गरिएको थियो ।
प्रगतिशील पत्रकार संघ, नेपालका अध्यक्ष उदय जीएमको अध्यक्षता र राष्ट्रिय जनमोर्चाका नेता कृष्ण अधिकारीको आतिथ्या सम्पन्न बैठकमा नेकपा मसालका महामन्त्री मोहनविक्रमको सहभागिता रहेको थियो । बैठकपछि महामन्त्री मोहनविक्रम सिंहले देशको राजनीतिक अवस्था र पत्रकारिताको भूमिकाबारे प्रशिक्षण दिएका थिए ।