बालमैत्री नगरका लागि जनजागृति माविका विद्यार्थीद्वारा जनचेतनामूक कार्यक्रम

बुटवल, मंसिर २१ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले यही मंसिर २९ गते नगरलाई बालमैत्री नगर घोषणा गर्दै छ । बालमैत्री नगर घोषणाका लागि नगरपालिकाले तयारी गरिरहेको बेला योगीकुटीस्थित जनजागृति माध्यामिक विद्यालयले जनचेतना र्याली निकालेको छ ।

विद्यालयका शिक्षक, शिक्षिका, विद्यालय व्यवस्थापन समितिको सहयोग र विद्यार्थीको सहभागितामा मंगलबार जनचेतान र्याली निकालिएको हो । तिलोत्तमा नगरपालिकाले घोषणा गर्न लागेको बालमैत्री नगर घोषणा कार्यक्रमलाई सहयोग पुराउने गरी जनचेतना र्याली निकालिएको विद्यालयका सहायक प्राचार्य खेमराज खनालले जानकारी गराए ।

बालमैत्री तिलोत्तमा हामी सबैको जिम्मेवारी, बाल सहभागिताको सुनिश्चितता गरौं, बातावरण स्वच्छ र सफा राखौं भन्ने लगायतका विभिन्न नारा लेखिएका प्लेकार्डसहितको विद्यार्थीले जनचेतनामूलक र्याली निकालेका हुन् ।

 

विद्यालयको प्राङणबाट निकालिएको र्यालीले तिलोत्तमा वडा नम्बर २ मा परिकर्मा गरेको गरेको थियो । र्यालीमा विद्यालयका शिक्षक, शिक्षिका, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सदस्य, जनप्रतिनिधिसहति अभिभावकहरुकोसमेत सहभागिता रहेको थियो ।

बाल अधिकार सुनिश्चित गर्ने उद्वेश्यले तिलोत्तमा नगरपालिकाले बालमैत्री नगर घोषणाका लागि विभिन्न खालका चेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ ।