तिलोत्तमा नगर स्तरी तेस्रो राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सुरु, तिलोत्तमालाई खेलकुद हवका रुपमा विकास गर्नुपर्नेमा जोड

तिलोत्तमा, मंसिर २१ । तिलोत्तमा नगर स्तरी तेस्रो राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सुरु भएको छ । मंगलवार तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले प्रतियोगिताको उद्घाटन गरे । सोही अवसरमा बोल्दै नगरप्रमुख घिमिरेले तिलोत्तमा नगरपालिकालाई सवै खाले खेलकुदको हवका रुपमा विकास गर्नु पर्नेमा जोड दिए । उनले रनिङसिल्ड प्रतियोगिता खेल उत्सवका रुपमा मनाउन उत्प्रेरित गरे । ‘खेल शारीरिक तथा मानसिक विकासको लागि अति महत्वपूर्ण हुन्छ । सवै इभेन्टहरुबाट प्रतिभावको उजागर गर्नुपर्छ ।’ उनले भने ।
नगर खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र गुरुङको अध्यक्षता, समिति सदस्य मित्रलाल न्यौपानेको स्वागत, समिति सदस्य दिपक खनालको संचालनमा भएको उद्घाटन कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष दिवाकर ढकाल, प्याब्सन केन्द्रिय प्राज्ञिक सल्लाहकार कृष्ण खनाललाएतले बोल्दै खेलकुद जीवन पद्धतिको महत्पूर्ण अंश भएको बताएका थिए ।

तिलोत्तमा नगर भित्रका सामुदायिक र संस्थागत गरी ३४ विद्यालय सहभागीे छन् । खेल जनज्योति क्लवको खेल मैदान डिङगरनगरमा सुरु भएको छ । तीन दिन सम्म संचालन हुने खेलको पहिलो दिन मंगलवार एथ्लेटिक्स अन्तरगतका विभन्न इभेन्टहरु र भलिवल तर्फ ७ वटा सेटहरु सम्पन्न भएका छन् ।

सर्टपुट छात्र तर्फ शान्ति नमूना मावि प्रथम, सेन्जोसेफ मावि द्धितीय र पशुपति मावि तृतीय भएका छन् भने छात्रा तर्फ शान्ति नमूना मावि प्रथम, टिकुलिगढ मावि द्धितीय र सिद्धार्थ इंगलिस बोडिङ स्कुल तृतीय भएका छन् । ८ सय मिटर दौडमा छात्र तर्फ सेन्जोसेफ मावि प्रथम, राममणि बहुमुखी क्याम्पस द्धितीय र जनज्योति मावि तृतीय भएका छन् भने छात्रा तर्फ जनजागृति मावि प्रथम, कुवरवर्ति इंगलिस बोडिङ स्कुल द्धितीय, पशुपति मावि तृतीय भएका छन् ।
लङ्जम्प छात्र तर्फ शान्ति नमूना मावि प्रथम, सिद्धार्थ इ.वो.स्कुल द्धतीय र टिकुलिगढ मावि तृतीय भएका छन भने छात्रा तर्फ भूल्के मावि प्रथम, पशुपति मावि द्धितीय र कुवरवर्ति इ. वो. स्कुल तृतीय भएका छन् ।

१ सय मिटर दौड अन्तरगत छात्र तर्फ जनज्योति मावि प्रथम, पशुपति मावि द्धितीय र कुवरवर्ति इं बो. स्कुल तृतीय भए भने छात्रा तर्फ कुवरवर्ति इं बो. स्कुल प्रथम, शान्ति नमूना मावि द्धितीय र भूल्के मावि तृतीय भएका छन् ।
४ सय मिटर दौडमा छात्र तर्फ लर्डवुद्ध ज्ञानज्योति मावि प्रथम, राममणि बहुमुखी क्याम्पस द्धितीय र जनज्योति मावि तृतीय भएका छन् भने छात्रा तर्फ कुवरवर्ति इं बो. स्कुल प्रथम, पामीर एकेडमी द्धितीय र पशुपति मावि तृतीय भएका छन् ।
पहिलो दिनको खेलमा ७ वटा सेटमा भलिवल खेलाईएको छ । छात्रा तर्फ भएको भलिवल प्रतियोगितामा होराइजन जिविएस र सेन्जोसेफ मावि विच भएको खेलमा सोझो सेटमा सेनजोसेफ विजयी भएको छ । त्यस्तै जनज्योति मावि र जनहित माविबीच भएको खेलमा जनज्योतिले सोझो सेटमा जनहितलाई पराजित गरेको छ । नमूना मावि र ड्रन चिल्डे«न मावि विच भएको खेलमा नमुना विजयी भयो भने पर्ल एकेडमी र जनज्योति मावि विच भएको खेलमा जनज्योति विजयी भयो । दुवै सोझो सेटमा विजयी भएका हुन् । त्यस्तै सेमरा बजार मावि र शान्ति नमूना माविकाबीच भएको खेलमा शान्ति विजयी भएको छ । जनता मावि र पश्चिम पहुनीका विच भएको खेलमा दुई सेटमा जनताले जित निकालेको छ । त्यस्तै ग्रीमाण सरस्वति मावि र राममणि बहुमुखी बीच भएको खेलमा राममणि विजयी भएको छ ।
तिलोत्तमा नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सुरु खेलमा बुधवार दोस्रो चरणका खेलहरु सुरु हुनेछन् । खेल विचविचमा विभिन्न विद्यालयहरुले सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए । खेल अवधिमा सर्वेत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरु जिल्लाका लागि छनोट हुने छन् । खेल संचालनका लागि झण्डै ११ लाख खर्चको अनुमान गरिएको छ ।