बुटवलमा अन्तरास्ट्रिय हेयरकलरिङ मास्टरक्लास



बुटवल, २१ जेठ ।
विहिवारबाट बुटवलमा अन्तरास्ट्रिय हेयरकलरिङ मास्टरक्लास सुरु हुँदैछ । कन्सेप्ट फाईबको आयोजनामा ब्राजिलबाट आएका प्रशिक्षकले हेयरकलरिङ मास्टरक्लास तालिम आयोजना गर्न लागेको शुभारम्भ अघि पत्रकार सम्मेलन मार्फत जानकारी गराएको थियो ।
पत्रकार सम्मेलनमा कन्सेप्ट फाईबका अध्यक्ष सञ्जय शर्मा भन्डारीले नेपालमा बढ्दो फेसनलाई लक्षीत गरि सलोनहरुमा नयाँ प्रविधी आईरहेको र अन्तराष्ट्रिय मापदण्डका स्किल प्रदान गर्नेगरी मास्टरक्लास आयोजना गरिएको जनाएका छन् ।
उनले यहि पेशा गरिरहेका तथा बेसीक जानकारी भएका व्युटिसियन तथा सलोन सञ्चालकहरुलाई तालिम प्रदान गरिने बताए । ब्राजिलबाट प्रशिक्षक उबेर लिमाले ३० वर्षको अनुभवको आधारमा अन्तरास्ट्रिय मान्यता अनुसार सिप प्रदान हुने उनले बताए ।
बिदेश जादा सीप सिकेर जादा राम्रो आम्दानी गर्न सक्ने भएकोले यो तलिम प्रभावकारी हुने भन्दै यस्तै तालिम लिन बिदेशमा पुग्दा ठुलो रकम खर्च हुनेअवस्थामा बुटवलमा नै तालिम हुँदा थोरै खर्चमा सीप सिक्न पाईने बताए ।
सलोन भएका ट्रेनिङ चलाईरहेकालाई सिपलाई सिकेर अन्तराष्ट्रिय करण गर्ने गरि सहभागी शुल्क १५ हजार रुपैयाँ प्रतिब्यक्ति रहेको बताए । ६ दिनमा ३० घण्टा हुने तालिममा सहभागिले लाईभ प्राक्स्टिस गर्न पाउनले अध्यक्ष भण्डारीले जानकारी दिए । तालिमा नेपालभरबाट १५० बढी सहभागी हुने बताइएको छ ।























