नेपाल प्रथम र द्वितीय विद्यार्थीलाई सम्मान

तिलोत्तमा, मंसिर २६। रुपन्देहीको तिलोत्तमा नगरपालिका २ मा सञ्चालित तिलोत्तमा माविले कक्षा १२ मा अध्ययनरत विद्यार्थी नेपालमै प्रथम स्थान हासिल गरेका छन् । देशभरका ४५ सय विद्यालयका ४ लाख विद्यार्थीमध्येबाट तिलोत्तमा माविको कक्षा १२ को परिक्षाबाट प्रथम स्थान हासिल गरेका हुन।
माविले २०७८ सालमा राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा विक्रम तिवारी र क्रिसना लामाले समान ३.९२ ल्याई प्रथम स्थान हासिल गरेका हुन्। त्यस्तै असिम भण्डारीले ३.८६ जिपिए ल्याई द्वितीय स्थान हासिल गरेको भन्दै प्रथम र दितय हुने विद्यालर्थीलाई तिलोत्तमा माविले आइतबार विशेष कार्यक्रमको आयोजना गरी विद्यालयले सम्मान गरेको छ ।
तीन ग्रेडभन्दा माथिको अंकसहित शतप्रतिशत नतीजा ल्याउन सफल भएको विद्यालयका प्रधानाध्यापक डा. रामचन्द्र आचार्यले जानकारी गराए।सम्मानित विद्यार्थी त्रिक्रम तिवारीले विद्यालयको शैक्षिक वातावरण, व्यवस्थापन र सरहरुको राम्रो व्यवहारका काराण आफुले उत्कृष्ट अंक ल्याउन सफल भएको बताए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद ज्ञवाली, विद्यालयका प्राचार्य डा. रामचन्द्र आचार्यलगायतले विद्यार्थीलाई सम्मान पत्रद्वारा सम्मान गरेका हुन् । सोही कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले शिक्षामा उत्कृष्टता हासिल गरेका विद्यार्थीले तिलोत्तमाको प्रतिष्ठा बढेको बताए । तिलोत्तमा नगर भित्रका सामुदायिक विद्यालयहरु पनि संस्थागत विद्यालय सरह सुधार हुदै गएको उल्लेख गर्दै सामुदायिक विद्यालयलाई संस्थागत विद्यालयसँग प्रतिष्पर्धा गर्ने तहमा पुराउन नगरपालिकाले पहल गरिरहेको नगरप्रा’ख द्धिमिरेको भनाइ छ ।
विद्यालयका प्राचार्य डा. रामचन्द्र आचार्यले शैक्षिक गुणस्तरीयतालाई मूल मन्त्र मानेर विद्यालय अगाडि बढेको र उच्च शिक्षा अध्ययनका लागि बुटवलबाहिर जानुपर्छ भन्ने मान्यता अब क्रमशः हट्दै गएको बताए ।

त्यस अवसरमा सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्याल, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका प्रमुख, गीता भण्डारी लगायतले आआफ्ना भनाइ राखेका थिए ।