मिलनले ग¥यो अबिर जात्रासहित सम्मान कार्यक्रम



परासी, २० असार ।
नवलपरासीको सुनवल नगरपालिका–८ मिलनचोकमा रहेको मिलन अङ्ग्रेजी आवासीय माविले एसईई परीक्षामा उत्कृष्ट जिपिए सहित शतप्रतिशत नतिजा हासिल गरेकोमा अबिर जात्रा सहित विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल प्रसाद बस्यालको अध्यक्षता, वडा नं. ८ का वडाध्यक्ष देवबहादुर गुरूङ्गको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रममाथि प्रकाश विद्यालयका प्रअ नवराज कण्डेलले पार्नु भएको थियो भने सञ्चालन शिक्षक प्रकाश अधिकारीले गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गुरूङ्गले विद्यालयको वडा नं ८ को मात्र नभएर सुनवल नगर र जिल्लालाई परिचित बनाएको बताउदै विद्यार्थी, शिक्षक शिक्षिका, अभिभावक तथ विद्यालय परिवारलाई बधाई दिनु भयो ।

कार्यक्रममा यज्ञप्रसाद न्यौपाने, हरिकुमार ढकाल, कृष्णप्रसाद पौड्याल लगायतले शैक्षिक सफलताले सबैलाई उत्साहित बनाएको हुदा अगामी दिन अझ राम्रो सफलता प्राप्तिका लागि दत्तचित्त भएर लाग्न आग्रह गर्नु भयो । सो अवसरमा सम्मानित विद्यार्थी कुशल खनालले अनुशासनमा रहेर समयको व्यवस्थापन गरि पढाई गर्दा सफल हात लागेको बताएका थिए ।
कार्यक्रमका अध्यक्ष गोपालप्रसाद बस्यालले उत्तर्णि विद्यार्थीहरूलाई बधाई दिदै नतिजा प्राप्त गर्नमा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्नु भएको थियो । उहाले आगामी वर्षहरूमा पनि विद्यालयले प्रगतिको खुसी साट्ने अवसर सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रमा जिल्ला समन्वय समिति सदस्य शारदा परियार, सुनवल नपा कार्यपालिका सदस्य विनोद टोमटा, वडा नं. ८ का पूर्व वडाध्यक्ष नीलकण्ठ गैरे वैरागनाथ मन्दिर समिति अध्यक्ष सानुबाबु श्रेष्ठ, अरनिको माध्यमिक विद्यालय सहायक प्र.अ. रूद्र लाम्गादे लगायत बोल्नु भएको थियो ।























