ढकालले सम्हाले रोटरी लुम्बिनी स्टार्सको नेतृत्व


बुटवल ।
रोटरी क्लब अफ लुम्बिनी स्टार्सको वर्ष २०२५÷०२६ का अध्यक्ष बिमल ढकालसहितको नयाँ नेतृत्वले पदभार ग्रहण गरेको । क्लबको सातौ पदस्थापन कार्यक्रममा ढकालले पदको सपथ लिएका हुन । एक कार्यक्रमका बिच रोटरी जोन २७ का एजी सिए हरि लम्सालले उनलाई सपथ खुवाएका थिए भने वर्ष २०२४÷२५ का अध्यक्ष निरज पाण्डेले वर्ष २०२५÷०२६ का अध्यक्ष ढकाललाई पद हस्तान्तरण गरेका थिए ।


सो अवसरमा बोल्दै लम्सालले सामाजिक क्षेत्रमा रोटरीको योगदानबारे प्रकाश पार्दै डिष्ट्रिक फण्डमार्फत शिक्षा, स्वस्थ्यको क्षेत्रमा क्लबबाट आवश्यक परियोजना चलाउन आग्रह गरेका थिए । उनले युवा शक्तिलाई समाजिक काममा सक्रिय बनाउन क्लबले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आफुसंग भएको जनशक्तिलाई सहि सदुपयोग गर्न सुझाव दिएका छन् ।
कार्यक्रममा वर्ष २०२५÷०२६ का अध्यक्ष बिमल ढकालले आफ्नो कार्यक्रालमा गर्ने कार्यहरुको प्रतिवद्घता जनाए । क्लबमार्फत सिग्नेचर कार्यक्रम अन्तरगत दात तथा मुख स्वस्थ्य अन्तरगत आधुनिक समाज डेन्टल प्रालिको सहकार्यमा प्रत्येक वर्ष १ लाख जनाको निशुल्क स्वस्थ्य जाच गर्दै आएको छ ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष यादव भण्डारीले रोटरीको मुलमन्त्रलाई सधै लिएर काम गर्न सुझाव दिए । रोटरीलाई सहज र सरल बनाउन जरुरी छ ।
कार्यक्रममा क्लबका एजी जिवन अर्याल, क्लबका सल्लाहकार एजाज आलम, क्लबका सचिव मुक्तिराम भण्डारीले लगायत बोलेका थिए । सो अवसरमा नया सदस्यहरुलाई क्लबको पिन प्रदान गरिएको थियो ।
























