सिमली डेण्टलद्दारा अक्षय कोष स्थापना

बुटवल, मंसिर २८ ।सिमली डेण्टल केयर प्रालि बुटवलले आफ्नो सातौ वार्षिक सधारण सभा मनाएको छ । बुटवलको नेपालगञ्ज रोडमा सञ्चालित सिमली डेण्डल केयर प्रालिले विशेष कार्यक्रमको आयोजना गरी वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
बुटवलको फुलवारीमा आयोजना गरिएको साधारण सभाको अवसरमा विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने सिमली डेण्टल प्रालिका १० जना शुभचिन्तकलाई सम्मान गरिएको छ ।
प्रालिका अध्यक्ष महेन्द्र अर्याल, सल्लाहाकार संयोजक डबल विसी र प्रालिका निर्देशक डाक्टर शिशिर अर्यालले खादा ओढाएर सम्मान गरेका थिए ।
स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको सिमली डेण्डल केयर प्रालिले शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ ।
सातौ वार्षिक साधारण सभाको अवसरमा सिमली डेण्टद केयर प्रालिाले बुटवलको साधना महिला विद्यालयका लागि ६५ हजारको अक्षय कोष र बुटवलकै सरस्वती आधारभूत विद्यालयका विद्यार्थीका लागि ५५ हजार ५ सय ५५ रुपैंयाको अक्षय कोष स्थापना गरेको छ ।
अक्षय कोषबाट प्राप्त व्याजबाट विद्यार्थीलाई सहयोग गर्ने गरी अक्षय कोष स्थापना गरिएको र समयक्रम अनुसार अक्षय कोष बढाउंदै जाने प्रालिका अध्यक्ष महेन्द्र अर्यालले बताए ।

त्यस्तै पाल्पाको दोभान उच्च माध्यामिक विद्यालयमा अध्यनरत ५ जना विद्यार्थीलाइ छात्रावृत्ति दिइएको छ । स्थापना कालदेखि सिमली डेण्टल केयर प्रालिले वार्षिक रुपमा गरिव तथा जेहेन्दार विद्यार्थी, महिला तथा वालवालिका र वृद्दवृद्दालाई सहयोग गर्दै आएको छ । कमाउनु मात्र ठूलो कुरा नभएकाले समाजप्रति जिम्मेवार बन्नु असल नागरिकको कर्तब्य भएकाले आफ्नो कर्तब्य अनुसार शिक्षा क्षेत्रलाई सहयोग गरिएको सिमली डेण्टल केयर प्रालिका निर्देशक डाक्टर शिशिर अर्यालले बताए ।
सिमली डेण्टल केयर प्रालिले गरिव तथा विपन्नलाई निःशुल्क रुपमा स्वास्थ्य उपचार गर्ने गरेको छ, भने ग्रामिण क्षेत्रमा निःशुल्क रुपमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।