सैनामैनामा नगरस्तरीय प्रतियोगिता

बुटवल,मंसिर२९गते। सामाजिक सेवमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था लायन्स क्लब अफ सैनामैना बोलबमले सैनामैना नगर स्तरिय बिभिन्न प्रतियोगिताहरु सम्पन्न गरेको छ। बुधबार आयोजित उक्त कार्यक्रममा अन्तर विद्यालय वक्त्विकला, चित्रकला तथा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएका छन् ।नेपालमा लायन्स र समाज सेवामा यसको भूमिका’ शिर्षकमा आयोजित वक्त्रित्वकला प्रतियोगितामा कान्तिपुर कलोनीकी आस्मिता पोखरेल प्रथम, सुनगाभा पब्लिक सेकेण्डरी स्कुलका बिबेक जैशी दोस्रो तथा रुपन्देही मोर्डन इन्ग्लिश बोर्डिन्ग स्कुलका सुबिन घिमिरेले तेस्रो स्थान प्राप्त गरेका छन, भने ’कोरोनाले शिक्षामा पारेको प्रभाव र अबको बिकल्प’ शिर्षक रहेको निबन्ध लेखन प्रतियोगितामा सैनामैना मेमोरियल स्कुलकि छात्रा अनुस्का न्या उपाने प्रथम, मिना पौडेल दोस्रो तथा अजिता रेग्मीले तेस्रो स्थान प्राप्त गर्न सफल भएका थिए। यसैगरी कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरु बिच आयोजित ’हाम्रो सुन्दर , ्कलोनि कान्तिपुर बोर्डिन्ग स्कुलका स्मार्ट के सी प्रथम, ग्यालेक्शि इन्ग्लिश बोर्डिन्ग स्कुलकि कास्मि तिलिजा दोस्रो तथा सुनगाभा पब्लिक सेकेण्डरी स्कुलकि पुर्णिमा क्षेत्री ले तेस्रो स्थान प्राप्त गरेका थिए। लायन्बाद साक्षारता अभियान अन्तरगत युवा विद्यार्थीलाई समाजसेवा भावको अभिब्रिधि गरा उने उद्देस्यले विद्यार्थीहरुका लागि यस प्रकारको कार्यक्रमको आयोजना गरिएको क्लबका बर्ष ०२१÷०२२ का अध्यक्ष जे बि क्षेत्रीले जानकारी गराए। कार्यक्रमका प्रमुख अथिति लायन्स क्लब अन्तररास्ट्रिय डिस्ट्रिक्ट ३२५ बि–२ का चिफ डिस्ट्रिक्ट एड्भाईजर लायन उमन्ग देभकोटाले समाजसेवाका क्षेत्रमा लायन्स क्लबले गरेको काम अनुकरणिय रहेको बताए।
कार्यक्रममा एरिया चिफ लगायतले मन्तब्य राखेका थिए। लिलाधर घिमिरे, लायन राजु पौडेल, मन गोल्डी तथा बेन बहादुर थापाले बिभिन्न विद्याको निर्णय गरेका थिए। सैनामैना नगरपालिका भित्रका बिभिन्न २० बढी विद्यालयहरुको सहभागिता रहेको कार्यक्रमको सचिब लायन राधा सिन्जालीले सञ्चालन गेरकी थिइन। क्लबले डिसेम्बरको कार्यक्रम अन्तरगत नगरपालिका भित्रका ५ हजार विद्यार्थीका लागि निशुल्क आखा परिक्षण तथा उपचार सन्चालन गर्दैछ।