पशु पंक्षी औषधि व्यवसायी संघ लुम्बिनी शाखा अध्यक्षमा ज्ञवाली

 

बुटवल/नेपाल पशु पंक्षी औषधि व्यवसायी संघ, लुम्बिनी शाखाकोे नवौं अधिवेशन नया नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ ।
अधिवेशनले डिल्लीराज ज्ञवालीको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा शशिधर सापकोटा, सचिवमा पिताम्बर खरेल, कोषाध्यक्षमा रेणुका सापकोटा, सहसचिवमा विनोद अर्याल तथा सदस्यहरुमा हेमराज गिरी, केशवराज भण्डारी, प्रकाश बञ्जाडे, खिमलाल बञ्जाडे र महिला सदस्यमा मिना कुमारी चालिसे रहेका छन् ।


अधिवेशनको नेपाल पशु पंक्षी औषधी व्यवसायी संघका केन्द्रीय अध्यक्ष भुपेन्द्र गौतमले उद्घाटन गर्नु भएको थियो । प्रमुख अतिथि गौतमले एग्रोभेट व्यवसाय सम्वेदनशिल व्यवसाय भएका कारण त्यसलाई मर्यादित र व्यवश्थित बनाउने दाहित्व व्यवसायीहरुको नै भएको हुदा त्यसमा गम्भिर बन्न आग्रह गर्नु भयो । उहाले व्यवसायीहरुले पशु पंक्षी औषधी ऐनको माग गर्दै आएको धेरै समय भएको जानकारी गराउदै राज्यले त्यसको सुनुवाई नगरेको भन्दै आपत्ति प्रकट गर्नु भयो ।


संघका अध्यक्ष रामप्रसाद भट्टराईको अध्यक्षता, सचिव पिताम्बर खेरलको सञ्चालनमा भएको कार्यक्रममा केन्द्रीय सल्लाहाकार पूर्णचन्द्र सापकोटा, केन्द्रीय उपाध्यक्ष यज्ञराज ढकाल, सचिव नाराायण भुजेल, सदस्य दिनेश कट्टेल, साजन कार्कि, साधुराम ढकाल, लुम्बिनी प्रदेश इञ्चार्ज लक्ष्मण घिमिरे, प्रदेश अध्यक्ष प्रकाश श्रेष्ठ, चितवन शाखा सचिव बिशाल पौडेल, नेभ्लाका केन्द्रीय उपाध्यक्ष धनबहादुर खड्का, नेस्टाका रुपन्देही अध्यक्ष डोलराज गैरे लगायत बोल्नु भएको थियो