अनाथ आश्रममा रोट्¥याकको खाना

 

 

बुटवल, १० पुस– रोटरी क्लब अफ लुम्बिनी स्टार्सबाट प्रायोजित रहेको रोट्¥याक क्लब अफ कोटीहवा, रुपन्देहीको आयोजनामा शनिवार नेपाल अविनाश अनाथ आश्रम, कोटिहवामा रहेका बालबालिकाहरुलाई निशुल्क खाना खुवाउने कार्यक्रम सम्पन्न भएको छ ।


क्लबका संस्थापक अध्यक्ष पुजन बस्यालको अध्यक्षतामा भएको कार्यक्रमको सुभारम्भ रोटरियन डाइरेक्टर लक्ष्मण खरेलले गर्नु भएको थियो । सो अवसरमा बोल्दै खरेलले निश्वार्थ सामाजिक भावनाले गरिने कुनैै पनि कामले समाजसेवालाई उत्प्रेरणा दिने बताउदै क्लबको यस प्रकारको कामको प्रशंशा गर्नु भयो ।
क्लब अध्यक्ष पुजन बस्यालले आस्रममा  रहेका अनाथ बालबालिकालाई सेवा गर्न पाउदा खुशी भएको र आगामी दिनमा पनि थप कार्यक्रम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।


रोटरी क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष यादव प्रसाद भण्डारीले युवाहरुलाई क्रियाशिल बनाउन र सामाजिक काममा सक्रिय बनाउन क्लबले विभिन्न कार्यक्रम गर्दै आएको उल्लेख गर्दै क्लबमा आवद्ध भएर सामाजिक काममा लाग्न अनुरोध गर्नु भयो ।


क्लबका सचिव ज्ञानप्रसाद सापकोटाले सञ्चालन गरेको कार्यक्रममा रोटरी क्लब अफ लुम्बिनी स्टार्सका मुक्तिराम पन्थी, करिम खान, सोयता केसी, कृष्ण ज्ञवाली, अमन थापा, रितु कुमाल, सन्दिप श्रेष्ठ, सन्तोष गुरुङ, योगेश पराजुली, सृजना घिमिरे, सुदिप पाण्डे, प्रचम गुरुङ, गणेश थापा, सौगात गुरुङ लगायतको उपश्थिति रहेको थियो ।