पाल्पा रिब्दिकोटका शिक्षकहरुलाई बुटवलमा सम्मान

पाल्पा रिब्दिकोटका शिक्षकहरुलाई बुटवलमा सम्मान

श्यामलाल पोखरेल
बुटवल,पुस १२गते। पाल्पा रिब्दिकोट कुसुम खोलाका शिक्षकहरुलाई रुपन्देहीको बुटवलमा सम्मान गरिएको छ। पाल्पा रिब्दीकोट १ भवानी माध्यामिक विद्यालयका पूर्व र वर्तमान शिक्षकहरुलाई बुटवलमा सम्मान गरिएको हो। विद्यालयमा अध्ययन गरेका पूर्व तथा २०५० सालको एसएलसी व्याचका विद्यार्थीले आफुलाई पढाएका गुरुहरुलाई सम्मान गरेका हुन्। भवानी माध्यामिक विद्यालयका पूर्व तथा अवकास प्राप्त र वर्तमान प्राचार्यलाई बुटवललाई कर्मथलो बनाएका पूर्व विद्यार्थीले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन्। पूर्व शिक्षकहरु ढुण्डीराज ढकाल, हिराधर आचार्य, लक्ष्मीप्रसाद आचार्य, दिननाथ आचार्य, जुनादेवी आचार्य, कृष्णप्रसाद आचार्य, भरतमणि खनाल, नारायणप्रसाद कुंवर, नारायणप्रसाद ज्ञवाली लगायतलाई सम्मान गरिएको हो।
त्यस्तै भवानी माध्यामिक विद्यालयका प्राचार्य रुद्रप्रसाद आचार्य र विद्यावारदी उपाधि हासिल गरेका डाक्टर देवराज आचार्यलाई पनि सम्मान गरिएको हो। उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथि भवानी माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद आचार्यले आफुलाई शिक्षा दिनुभएका गुरुहरुलाई सम्मान गरेर पूर्व विद्यार्थीले समाजमा सन्देशमूलक संस्कारको विकासमा योगदान पुराएको बताए। मानव समाजमा आफ्ना गुरुहरुलाई सम्मान गर्ने काम उत्कृष्ट भएको भन्दै पूर्व विद्यार्थीलाई धन्यबाद ज्ञापन गरे। कार्यक्रममा वर्तमान प्राचार्य रुद्रप्रसाद आचार्य, पूर्व शिक्षकहरु र पूर्व विद्यार्थी डाक्टर देवराज आचार्य, विष्णु थापा, हरिबहादुर कार्की लगायतले बोलेका थिए।
२०५० सालको एसएससी व्याचकी अध्यक्ष राधा आचार्य भुसालले आफुहरुलाई शिक्षा दिएर समाजमा चिनिने गराउनुभएा शिक्षक तथा गुरुहरुलाइृ सम्मान गर्न पाउंदा खुशी लागेको बताईन।राधा आचार्य भुसालको अध्यक्षता,मदनप्रसाद नेपालको सञ्चालन र थर्कबहादुर कुंवरको स्वागतमा कार्यक्रम भएको थियो।