महिलाका लागि वुमन केयर नेपालद्वारा नेतृत्व विकास तालिम

श्यामलाल पोखरेल ।
बुटवल,पुस १२ गते। सामाजिक क्षेमा क्रियाशील वुमन केयर नेपालले महिलाहरुका लागि नेतृत्व विकास तालिम दिएको छ । रुपन्देहीको सैनामैनाका महिलाहरुलाई दक्षर आत्मर्निभर बनाउने उद्वेश्यले वुमन केयर नेपालले नेतृत्व विकास तथा उद्घोषक तालिम दिएको हो । एक दिने उक्त तालिमा ५० जना महिलाको सहभागिता रहेको थियो । गैरसरकारी संस्थाका केन्द्रिय सदस्य सञ्जय लम्सालले नेतृत्व विकास तालिमबारे सहजीकरण गरेका थिए। सैनामैना नगरपालिका १ वनकट्टामा आयोजित तालिम कार्यक्रममा बोल्दै वुमन केयर नेपालकी केन्द्रीय अध्यक्ष रिता केसीले महिलाहरुमा नेतृत्व तथा क्षमताको विकास नभएका कारण नै समाजमा महिलाहरु दोस्रो दर्जाको जस्तो नागरिक बन्नु परेको बताइन।

अहिलेको संविधानले पनि महिलाहरुलाई अधिकार दिएको उल्लेख गर्दै संविधानले दिएको अधिकार ल्याउन पनि महिलाहरुमा नेतृत्व गर्न सक्ने क्षमताको विकास हुन जरुरी रहेको बतायन। मिना वस्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा धन कुमारी चौधरी नेपाली कांग्रेस सैनामैना १ का सभापति पुप्पाराज सिग्देल, वुमन केयर नेपाल सचिप मिना जीसी,सदस्य सवित्रा न्यौपाने, गीता गौतम पन्थी, खगीमया भुजेल, हुमादेवी न्यौपाने लगायतले आआफ्ना भनाइ राखेका थिए । आफ्नो स्थापना कालदेखि वुमन केयर नेपालले सामाजिक क्षेत्रमा मानवीय कार्यका साथै महिला अधिकारमुखि कार्यक्रम, गरिव तथा विपन्नको लागि राहात र शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको छ ।