लायन्स क्लब अफ सैनामैना बोलबद्वारा न्यानो कपडा बितरण

बुटवल,पुस२० गते। रुपन्देहीको सैनामैना नगरपालिकामा क्रियाशील अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ सैनामैना बोलबमले सैनामैना नगरपालिका७देवापारको स्मृति टोलमा न्यानो कपडा बितरण गरेको छ। क्लबको नियमित हुने मासिक कार्यक्रम अन्तरगत सोमबार एक कार्यक्रमबीच स्थानीय ३० बिपन्न परिवारका १ सय १० जनालाई जाडोमा लगाउने कपडाहरु वितरण गरिएको हो।
७५ हजार बराबरको न्यानो कपडा बितरण गरिएको क्लबका अध्यक्ष लायन जे.बि.क्षेत्रीले जानकारी गराए। क्लबका सदस्यहरुको आर्थिक संकलनका साथमा बिभिन्न सहयोगी संस्थाहरु र ब्याबसायीहरुको आर्थिक सहयोगमा न्यानो कपडा वितरण कार्यक्रमको आयोजना गरिएको हो।
उक्त कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष डिलाराम बेलबासेले लायन्स क्लबले बिगत ४ बर्षदेखि नियमित आयोजना गर्ने गरेको न्यानो कपडा बितरण कार्यक्रमले स्थानीय जनता लाभान्वित भएको बताए। बिपन्न जनताको जीबनसँग जोडिएर क्लवले मानवीय काम गरेको बताउंदै क्लवप्रति धन्ययबाद ज्ञापन गरे।
कार्यक्रममा स्थानीय सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक राम प्रसाद पौडेल, पर्रोहा बहुमुखी क्याम्पसका प्रमुख चित्रबहादुर केसी.लगायतले लायन्स क्लब अफ सैनामैना बोलबमले सैनामैना नगरक्षेत्रमा नियमित गर्दै आएका बिभिन्न कार्यक्रमहरु अनुकरणिय रहेको बताए।


क्लबकि तृतिय उपाध्यक्ष लायन सुशीला शर्मा संयोजक तथा लायन मोति न्यौपाने तथा लायन लक्ष्मी श्रेष्ठ सदस्य रहेको उपसमितिले संयोजन र सचिव लायन राधा सिंजालीको सञ्चालन रहेको उक्त कार्यक्रममा स्थानीय विद्यालयमा अध्यायन गर्ने ३० जना बालबालिकालाई ट्रयाकसुटका सेट र अन्य ३० परिवारका सबै सदस्यहरुलाई जाडोमा लगाउने बिभिन्न कपडाहरु बितरण गरिएको थियो। आफुहरुसँग अझै एक सय जनालाई बितारण गर्नपुग्ने कपडा रहेको र उक्त कपडाहरु छिट्टै एक कार्यक्रमको आयोजना गरि पाल्पा जिल्लाको झिंगामारा गाउँमा बितरण गरिने क्लबका द्वितिय उपाध्यक्ष लायन कृष्ण कुँवरले जानकारी गराए।क्लबले आफ्नो जनवरी महिनाको दोस्रो कार्यक्रम अन्तरगत सैनामैना नगर क्षेत्र भित्रका ५ हजार जना विद्यार्थीको निशुल्क आँखा परिक्षण तथा आवस्यकलाई निशुल्क आँखा उपचार कार्यक्रम आगामी हप्तादेखि सञ्चालन गरिने बताइएको छ ।