रुपन्देहीमा ६ लाख ७२ हजार मतदाता

बुटवल । रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा ६ लाख ७२ हजार पाँच सय २३ जना मतदाता कायम भएका छन् । यसमा पुरुष तीन लाख ४६ हजार दुई सय तीन, महिला तीन लाख छब्बिस हजार तीन सय ११ र अन्य नौ जना रहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा मतदान स्थल दुई सय नौ र मतदान केन्द्र सात सय ३२ कायम गरिएको जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालले जनाएकी छिन् । जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा मतदान स्थल ४५, मतदान केन्द्र एक सय ५९ छ । यहाँ ७२ हजार नौं सय ६८ महिला र ७३ हजार आठ सय ५४ पुरुष गरी कुल एक लाख ४६ हजार आठ सय २४ मतदाता रहेका छन् । यसैगरी क्षेत्र नं. २ मा मतदान स्थल २४, मतदान केन्द्र एक सय ३८ छ । यस क्षेत्रमा पुरुष मतदाता ६४ हजार दुई सय ५४ र महिला मतदाता ७० हजार सात सय ९३ गरी कुल मतदाता एक लाख ३५ हजार पचास रहेको बताइएको छ ।

रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं. ३ मा मतदान स्थल ४६ र मतदान केन्द्र एक सय ५७ रहेको छ । यो निर्वाचन क्षेत्रमा महिला मतदाता ६८ हजार सात सय ७५ र पुरुष मतदाता ७१ हजार दुई सय ५८ गरी कुल एक लाख चालिस हजार ३५ मतदाता रहेका छन् । क्षेत्र नं. ४ मा ४८ मतदान स्थल, एक सय ३३ मतदान केन्द्र रहेको छ । यहाँ ५० हजार एक सय १० महिला र ६६ हजार ६२ पुरुष गरी एक लाख १६ हजार एक सय ७२ मतदाता रहेका छन् । क्षेत्र नं. ५ मा मतदान स्थल ४६, मतदान केन्द्र एक सय ४५ रहेको छ । ६३ हजार छ सय ६५ महिला, ७० हजार सात सय ७५ पुरुष र अन्य नौ गरी कुल मतदाता ६ लाख ७२ हजार पाँच सय २३ रहेका छन् ।

रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नंं. १ मा ३१, क्षेत्र नंं. २ मा ४१, क्षेत्र नंं. ३ मा ३६, क्षेत्र नं. ४ मा २२, क्षेत्र नंं. ५ मा २७ उम्मेद्वारले मनोनयन पत्र दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयकी सूचना अधिकारी कल्पना थापाले जनाइन् । रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा गरी एक सय ५७ उम्मेद्वारले मनोनयन पत्र दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय रुपन्देही जनाएको छ ।