कांग्रेसका चुन्न पौडेललाई मतदाताले दिए शुभकामना


बुटवल, फागुन १६ गते । नेपाली कांग्रेस क्षेत्र नम्बर २ रुपन्देहीका उम्मेदवार चुन्नुप्रसा शर्मा पौडेललाई मतदाताले जितको शुभकामना दिएका छन् । चुनावी घरदैलोमा पुगेका पौडेललाई मतदाताले अग्ीम बधाई दिंदै जितको शुभकामना दिएका छन् ।

चुनाव प्रचार प्रसारका समय अन्तिम चरणमा पुग्दा रूपन्देही–२ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेल र समानुपातिक उम्मेदवार रीता सेन ओलीसहितको टोलीले घरदैलो कार्यक्रम जारी राखेका छन् । घरदैलो गर्ने क्रममा मतदाताले उम्मेदवारहरू पौडेल र वलीलाई फुलमाला र टीका लगाएर मतदाताले जितको शुभकामना दिएकाछन् ।
घरदैलो कार्यक्रमको ११ औं दिन शनिबार तिलोत्तमा नगरपालिका वडा नं १ र वडा नं २ को घरदैलोका क्रममा सो वडाका मतदाताहरूले उम्मेदवारहरूलाई फुलमाला र टीका लगाएर स्वागत गर्नुका साथै जितेको शुभकामना दिएका थिए ।

चुनावको मिति नजिकिँदै गर्दा मतदाताले देखाएको सद्भाव,शुभकामना , सुझाव र सल्लाहले कांग्रेस उम्मेदवार पौडेल पनि चुनाव जितिनेमा विश्वस्त देखिन्छन् ।
तिलोत्तमाको घरदैलोका क्रममा संचारकर्मीहरूलाई प्रतिक्रिया दिदै कांग्रेस उम्मेदवार पौडेलले घरदैलोका क्रममा पार्टीका नेता कार्यकर्ताहरूको सक्रिय सहभागीता र मतदाताहरूले देखाएको सद्भावले चुनाव जितिनेमा आफू विश्वस्त भएको बताए ।
घरदैलोका क्रममा स्थानीय बासिन्दाले आफ्ना टोलका सानोतिनो समस्यादेखि लिएर दीर्घकालीन समस्या राखेका थिए । उनले स्थानीयका गुनासा टिपोट गर्दै विकास निर्माणका अधुरा कामलाई सम्पन्न गर्ने, टोलस्तरमै योजना छनोट गरी कार्यान्वयन गर्ने प्रतिवद्वता ब्यक्त गरेका छन् पौडेलले ।
बुटवलमा तरुण भेला
कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको आयोजनामा बुटवलमा बृहत् तरुण भेला सम्पन्न भएको छ। चुनाव नजिकिँदै गर्दा आयोजित भेलाले संगठनात्मक एकता, युवा सक्रियता र चुनावी रणनीतिलाई थप सुदृढ बनाउने उद्धेश्य लिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खांणले राष्ट्रियता, संविधान र प्रजातन्त्रमाथि चुनौती बढिरहेको उल्लेख गर्दै नेपाली कांग्रेसको रक्षा गर्नु सबैको पहिलो दायित्व भएको बताए ।
उनले नेपाल तरुण दल शान्तिप्रिय संगठन भएको स्पष्ट पार्दै भन्नुभयो, “तरुण दल हिंसा गर्दैन, आतंक मच्चाउँदैन तर पार्टी र तरुण साथीहरूको सुरक्षाका लागि आवश्यक पर्दा एकजुट भएर उभिन्छ । इतिहास साक्षी छ हरेक संघर्षमा तरुण सहभागी हुँदा विजय सुनिश्चित भएको उनले बताए ।
भेलामा नेपाली कांग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले युवाशक्ति परिवर्तनको आधार भएको उल्लेख गर्दै सदैव युवाको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता जनाएका छन् ।
उम्मेदवार पौडेलले निर्वाचनलाई विशेष पर्वका रूपमा लिन आग्रह गर्नुभयो। “युवा केवल मतदाता होइनन्, अब निर्णायक शक्ति हुन्। संगठन सुदृढ बनाउन र विजयी बनाउन तरुणको भूमिका निर्णायक हुने बताए ।
कांग्रेस केन्द्रीय सदस्य रामबहादुर कार्की तथा समानुपातिक उम्मेदवार रिता सेन ओली, लुम्बिनी प्रदेशसभा सदस्य जमुना ढकाल, जिल्ला सभापति रामकृष्ण खाण, क्षेत्रीय सभापति प्रजापाल गिरी,बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे लगायतले मन्तव्य राख्दै संगठनको एकता, अनुशासन र सक्रियतामार्फत निर्वाचनमा विजय हासिल गर्न आह्वान गरेका छन् ।
तरुण दल क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हसन्त लामाको सभापतित्व र तरुण दल बुटवल उपमहानगरपालिकाका नगर सभापति सुजन पुनको सञ्चालनमा भएको थियो ।























