संघीयता खारेजीका लागि गिलासमा मतदान गर्न राजमोका उम्मेदवारको अपिल

बुटवल, फागुन १५ गते । राष्ट्रिय जनमोर्चा रुपन्देहीले चुनावी अभियान अन्तरगत घरदैलो अभियानलाई निरन्तरता दिएको छ । राष्ट्रिय जनमोर्चा रुपन्देहीले रुपन्देहीका क्षेत्र नम्बर १, २, ३ र ५ नम्बर क्षेत्रमा प्रत्यक्ष उम्मेदवारी दिएको छ ।

चार वटै क्षेत्रमा घरदैलो अभियानलाई निरन्तरता दिंदै सबै क्षेत्रका शहरदेखि गाउं टोलमा घरदैलो गरेर मत माग्ने गरिएको राष्ट्रिय जनमोर्चा रुपन्देही षेत्र नम्बर २ का उम्मेदवार रुकबहादुर पराजुलीले जानकारी गराएका छन् ।

घरदैलो अभियान अन्तरगत शुक्रबार रुपन्देही क्षेत्र नम्बर ३ को तिलोत्तमा वडा नम्बर १३ र १४ वडा, भैरहवाको गोडीगाउं, डांडागांउ, बुद्धचोक, बैंकरोड, बेलहिया, मेडिकल कलेज क्षेत्रमा घरदैलो गरिएको राष्ट्रिय जनमोर्चा रुपन्देही कार्यबहाक अध्यक्ष इन्द्रिरा ज्ञवालीले जानकारी गराइन ।
त्यस्तै रुपन्देही क्षेत्र नम्बर २ को सैनामैना नगरपालिका वडा नम्बर १ र २ र बुटवलको उपमहानगरपालिका वडा नम्बर १२ र १३ का वस्तीमा घरदैलो अभियान गरिएको प्रत्यक्ष समानुपातिक तर्फका उम्मेदवार गणेश गौतमले जानकारी गराए ।

त्यस्तै क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ५ मा विभिन्न वडाका वस्तीहरुमा घरदैलो अभियानलाई जारी राखिएको क्षेत्र नम्बर १ का उम्मेदवार हरि केसीले बताए । क्षेत्र नम्बर ३ को भैरहवास्थित डांडा गांउमा राष्ट्रिय जनमोर्चाले शुक्रबार चुनावी सभा गरेको छ ।

उक्त चुनावी सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र, राष्ट्रियताको रक्षा र संघीयताको खारेजीका लागि चुनाव चिन्ह गिलासमा मतदान गर्न आममतदाताई आग्रह गरेका छन् । देशले संघीयताको भार बोक्न नसक्दा विदेशीले बोकाएको संघीयता नेपाल र नेपाली जनताले थेग्न नसक्ने व्यबहारले देखाएकाले संघीयता खारेज गर्नपनि राष्ट्रिय जनमोर्चालाई भोट दिन आग्रह गरेका छन् ।

अध्यक्ष केसीले विदेशी हस्तक्षेप पनि सहन नसकिने र संघीयता पनि पाल्न नसकिने भएकाले कुन पार्टीको विचार केहो र उसको नीति कार्यक्रम के हो उसको घोषणा पत्रले के भनेको छ भन्ने विषय बुझेर मात्रै मत दिन अध्यक्ष केसीले मतदातालाई सुझाव दिएका छन् ।

राष्टिय जनमोर्चा क्षेत्र नम्बर ३ का उम्मेदवार बदे्र आलम मुसलवानले कांगे्रस, एमाले र माओवादीको कुसाशनका कारण देशमा विदेशी हस्तक्षेप बढेको र भ्रष्टाचार मौलाएको बताए ।

उनले आफुलाई नयां भन्नेहरु झनै खराबच रित्र बोकेर उदाउको बताउंदै देशको वर्तमान राजनीतिक अवस्था चुनौतीपूर्ण रहेकाले राष्ट्रिय स्वाधीनता र आत्मनिर्भर अर्थतन्त्र निर्माण आजको आवश्यकता भएको बताए । उनले गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि गिलासमा मतदान गर्न मतदातालाइ आग्रह गरेका गे ।