कांग्रेसलाई विश्वास गर्न सभापति गगनको आग्रह

बुटवल, फागुन १५ गते । नेपाली कांग्रेसका सभापति गगन थापाले पांच वर्ष काम गर्नका लागि कांग्रेस नयां संकल्पका साथ आएको बताएका छन् । नयां संकल्पमा साथ आएको कांगे्रसले आगमी बैशाख १ गते कांगे्रसको नेतृत्मा सरकार बनाएर नयां ढंगले काम गर्ने बताए ।
उनले २०८३ सालको बैशाख १ गते कांगे्रस नेतृच्वको सरकारले बैशाक १ गतेदेखि एक एक महिनामा के काम गर्ने भन्ने संकल्प सार्वजनिक गरेर अगाडि बन्ने दावी गरे ।

नेपाली कांगे्रसले शुक्रबार बुटवलमा आयोजना गरेको चुनावी सभामा बोल्दै सभापति थापाले फोहोर राजनीतिलाई सुधार गरेर कांगे्रसले देशको विकास गर्ने बताए ।

एक पटक कांगेसलाई विश्वास गरेर मत दिन आग्रह गर्दै कांगे्रसले यो संविधान असफल हुन नदिने बताए । अब कांगे्रले देश र जनतालाई धोक्का नदिने बताउंदै सभापति थापाले भने कांगे्रसले आमजनाताले खोजेको सुशासन र विकास दिन्छ ।

सुशाशन, र विकास ज्ञारण्टी गर्ने प्रतिबद्दताका साथ कांगे्रस चुनावमा होमिएको बताउंदै २०४८ र २०१५ सालमा कांगे्रसले थोरै समयमा पनि धेरै काम गरेर आएकाले अबको पांच वर्षमा देश बदल्ने बताए । गठबन्धनले राजनीतिलाई दुषित बनाएको उल्लेख गर्दै गठबन्धन सही भएपनि गठबन्धनले परिणाम दिन नसक्दा राजनीति दुषित हुंदा देशले सुशासन र विकास नापाएको दावी गरे ।

अबको पांच वर्षमा कांगे्रसले देश बदल्ने दावी गर्दै सभापति थापाले भने कांग्रेसले देशलाई गन्तब्यमा पुराउंछ, गाडि दुर्घटनामा पारेर कांगे्रस भाग्दैन,जनताको आकांक्षा अनुसार सुशान र विकास दिन्छ, तपाइहरु ढुक्क हुनुस ।

कांगे्रस बाहेक अरु कसैले देश समाल्न नसक्ने बताउंदै सडक समयमा बनाउन ४१ वटा कानुन बदल्नु पर्छ उत्तेजनात्मक अभिव्यक्तिले केही हुदैन ठोस रुपमा नीतिगत सुधार आवश्यक रहेको सभापति थापाको भनाइ छ । किसानहरुलाइ समयमै बिउ मल दिनेदेखि पहाडका बारीमा पकड जमाएर बसेका बांदर खेद्ने गरी कांगे्रस प्रतिबद्दताका साथ आएको बताए ।

कांगेस जिल्ला सभापति रामकृष्ण खांणको सभापत्तिव र प्रजापाल गिरीको सञ्चालनमा भएको उक्त कार्यक्रममा नेपाली कांगे्रस रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार हिरा केसी, क्षेत्र नम्बर २ का चुन्नुप्रसाद शर्मा पौडेल र क्षेत्र नम्बर ३ का सुशील गुरुडले बोलेका थिए ।