रामायण वाचन प्रतियोगितामा निश्मा प्रथम

बुटवल, असार २७ गते । बुटवलको ज्ञानज्योति पुस्तकालयको आयोजनामा माध्यमिक विद्यालय स्तरीय रामायण वाचन प्रतियोगिता भएको छ ।
शनिबार २१३ औँ भानु जयन्तीको अवसरमा उक्त कार्यक्रम एभरेष्ट ईङलिस वोर्डिङ स्कुलको सभाहलमा सम्पन्न भएको हो ।
ग्रीन सिटी फेकलका सञ्चालक ज्ञानप्रसाद वस्याल र एभरेष्ट ईङलिस वोर्डिङ स्कुलको सहयोगमा उक्त प्रतियोगिता भएको प्रकाश सुवेदीले जानकारी गराए ।

उक्त प्रतियोगितामा जनज्योति माविका निश्मा गौतम प्रथम भए । तिनाउ ईङलिस बोर्डिङ स्कुलका सोनाक्षी क्षेत्री, सक्षम शाक्य, निमेश गौतम, द्वितीय भए । न्यूहोराइजन माविका समिप न्यौपाने र वृन्दा गैरे तृतीय भए, भने दीप बोर्डिङ हाइस्कुल प्रिन्सा पोखरेल र सुप्रिम पोखरेल सान्त्वना बन्न सफल भएका छन् ।

२० वटा विद्यालय सहभागी भएको उक्त प्रतियोगिताको प्रमुख अतिथि जिल्ला शिक्षा समन्वयन इकाइका इकाइ प्रमुख विष्णुप्रसाद पन्थी, विशिष्ठ अतिथि एभरेष्ट ईङलिस बोर्डिङ स्कुलका सहप्राचार्य भिमसेन गौतम र अध्यक्षता पुस्तकालय व्यवस्थापन समिति सदस्य ज्ञानु केसी रहेका थिए ।