हकहितका लागि मूल प्रवाहमा संगठित हुनुपर्छ – महासचिव भट्टराई

खिमराज चालिसे

भारत, १६ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव त्रिभुवन भट्टराईले भारतमा रहेका प्रवासी नेपालीको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा संगठित हुन आग्रह गरेका छन् ।

राजपुरा एरिया समितिको प्रथम एरिया सम्मेलनमा बोल्दै भारतका विभिन्न सहर, उद्योग तथा श्रम क्षेत्रमा कार्यरत नेपालीहरूको हकअधिकार संरक्षण, श्रम शोषणविरुद्ध संघर्ष तथा कानुनी समस्यामा सहजीकरण गर्ने कार्यमा मूल प्रवाहले स्थापनाकालदेखि नै अग्रणी भूमिका निर्वाह गर्दै आएको बताए ।

“भारतमा रहेका नेपाली श्रमिकहरूले विभिन्न किसिमका समस्या भोगिरनु परेको बताउंदै महासचिव भट्टराईल भने समस्याको समाधान, श्रमिकको अधिकार संरक्षण तथा कानुनी जटिलतामा मूल प्रवाहले निरन्तर दिंदै आएको छ । त्यसैले भारतमा रहेका प्रवासी नेपालीका ालागि मूल प्रवाहमा आवद्द हुनुको अर्को विकल्प छैन चने ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मूल प्रवाहका केन्द्रीय सदस्य तथा सुदूर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष तारा सोमारेले संगठनको सुदृढीकरण, सदस्य विस्तार र प्रवासी नेपालीहरूबीच एकता अझ मजबुत बनाउनुपर्नेमा जोड दिए ।
सम्मेलनले राजु बनको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति तथा ७ सदस्यीय सल्लाहकार समिति गरी २८ सदस्यीय एरिया समिति सर्वसम्मत रूपमा गठन गरेको छ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा दिलबहादुर सुनार, सचिवमा रमेश साही, सहसचिवमा सीता शर्मा तथा कोषाध्यक्षमा मनु तामाङ चयन हुनुभएको छ। सदस्यहरूमा भुपाल सिंह, मालती पुन, चुरामणि बन, आशा पुन, नविता शर्मा, रञ्जिता कोइराला, हेमा घर्ती, कमला शर्मा, तीर्थकुमारी बिष्ट, पुष्कर बस्नेत, तुल्सीदेवी, सानु तामाङ, कुशुमदेवी, सुन्दर चन्द, लालबहादुर विक र बसन्त सुनार चयन हुनुभएको छ ।

समितिको सल्लाहकारहरूमा कविता थापा, सपना थापा, राधिका बन, निर्मला खड्का, रामराज बन, कल्पना शाही तथा सुकमाया शर्मा रहेका छन् ।

कार्यक्रममा केन्द्रीय सदस्य तिलक पौडेल, सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य तथा पटियाला नगर अध्यक्ष विष्णुप्रसाद भुसाल, महिला संयोजक माया आचार्य, क्षेत्रीय सदस्यहरू प्रेम रसाइली, विमला बन्जाडे, रामजी भुसाल, नारायण भुसाल, पश्चिमोत्तर क्षेत्रीय सांस्कृतिक विभागका राजु खनाल तथा महिला क्षेत्रीय सदस्य सविता खनाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उक्त अवसरमा महासचिव त्रिभुवन भट्टराईले कार्यक्रममा सहभागी सांस्कृतिक कलाकारहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।

कार्यक्रम दिलबहादुर सुनारको अध्यक्षता, गोपाल सापकोटाको सञ्चालन तथा रमेश साहीको स्वागत मन्तव्यसहित सम्पन्न भएको थियो । सम्मेलनलाई सफल बनाउन सहयोग पु¥याउने सबैप्रति आयोजकले आभार व्यक्त गरेको छ ।

मूल प्रवाहका केन्द्रिय सदस्य प्रेम आचार्यले सम्मेलनबाट निर्वाचित नयाँ कार्यसमितिको नाम र पद घोषणा गरेका थिए ।
सम्मेलनमा संगठनका केन्द्रीय, क्षेत्रीय तथा विभिन्न नगर समितिका पदाधिकारी र प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।