एमाले उपाध्यक्ष विष्णु पौडेललाई तारेखमा छाड्न अदालतको आदेश, सरकारको प्रतिशोध असफल प्रदिप ज्ञवाली


बुटवल, साउन १ गते । एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएको छ । विशेष अदालते साधारण तारेखमा छाड्ने तीन आधार लिएको छ ।

अदालतले सेयर खरिद गर्ने कार्यमा सहजीकरण गरेको कुनै पनि तथ्य खुलाएको वा पोल गरेको नदेखिएको आधार लिएको छ ।
पौडेलले अनुसन्धानको क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अदालतसमक्ष बयान गर्दा न्यून मूल्यमा श्रीराम टोबाको उद्योग प्रा.लिको सेयर अवमूल्यन गरी बिक्री गराउन सहजीकरण गर्ने कुनै काम नगरेको बताएका थिए ।

अदालतले आरोपदाबी बमोजिमको कसुर नगरी निर्दोष भएको भन्दै इन्कारी बयान गरेको अवस्थालाई पनि थुनामुक्तिको आधार बनाएको छ ।
उपाध्यक्ष पौडेलको हकमा श्रीराम टोवाको उद्योग प्रा.लिको तीन लाख ७५ हजार कित्ता सेयर दिपक भट्टले सञ्चालन रहेको इन्फिनिटी होल्डिङ्स प्रा.लिको स्वामित्वमा रहेको हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रा.लिका नाममा बिक्री तथा हिमालयन रिइन्स्योरेन्स लि.को नामका २० लाख कित्ता सेयर खरिद गर्दा पौडेलले सहजीकरण गरेको भन्नेसम्म उल्लेख गरेको देखिएको आदेशमा उल्लेख छ ।
सेयरहरू खरिद बिक्रीबाट लाभग्राही देखिएका सम्बद्ध कम्पनी वा व्यक्तिउपर आरोपदाबी लिएको नदेखिएको पनि आदेश छ।























