बुटवलमा बृहत रक्तदान, १ सय ४ युनिट रगत संकलन


माघ १५, बुटवल । रक्तदानका लागि सधै अगाडी बढौँ भन्ने नाराका साथ बुटवलमा बृहत रत्तदान गरिएको छ । नेपाल नियमित रत्तदाता संघको आयोेजना तथा साइन रेसुङ्गा डेभलप्मेण्ट बैँकको सहकार्यमा बुटवलमा शनिवार गरिएको रत्तदानमा १ सय ४ युनिट रगत संकलन भएको हो ।
बुटवलमा रहेको रक्तसंचार केन्द्रमा गरिएको रत्तदान कार्यक्रमको शुभारम्भ गर्दै साइन रेसुङ्गा डेभलप्मेण्ट बैँकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले समाजिक उत्तरदायित्वका लागि हुने यस प्रकारका कार्यक्रममा निरन्तर सहभागी हुने गरेको स्मरण गर्दै आगमी कार्यक्रममा समेत सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।
संघको केन्द्रिय अध्यक्ष दयावहादुर सिलवालको अध्यक्षता महासचिव तथा कार्यक्रम संयोजक महेश खनालको स्वागत र संघका केन्द्रिय सदस्य मन्जु गिरीको संचालनमा भएको रत्तदान शुभारम्भ कार्यक्रममा बोल्दै संघका सल्लाहकार सुरेन्द्र कुमार शाक्यले रत्तदान जीवन दान भएकाले सधै रत्तदान गर्न अग्रसर हुनुपर्नेमा बताउनुभयो ।
संस्थाका कानूनी सल्लहाकार अभिवक्ता दामोदर घिमिरेले समाजिक सेवाभावका साथ गरिने कार्य सधै अनुकरणीय हुने बताउनुभयो ।
रत्तदान कार्यक्रम स्याङ्जा धाङलीङ मिलन समाजको सहयोगी संस्थाका रुपमा सहकार्य गरेको अध्यक्ष शोभाखर भण्डारीले बताउनुभयो । उहाँले सामाजिक सेवाभावले रत्तदानमा सहकार्य गर्ने गरेको बताउनुभयो ।