शंकरनगर वन विहारमा घोडा सफारी

बुटवल,माघ१९।रुपन्देहीको शंकरनगरमा शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) पर्यटकीय स्थल बनेको छ। २०६२ सालदेखि पर्यटकीय स्थल बनाउन लागिएको वन वाटिका अहिले पर्यटकीय आर्कषणको केन्द्र्र बनेको छ। १३ करोड लगानीमा १० तले भ्यू टावर बन्दै छ। वन वाटिका भित्र तीन बिघा क्षेत्रफलमा पार्किङ स्थलसहित वाल उद्यान, चिडियाखाना, पिकनिक सेडहरु सञ्चालन गरिएको छ। त्यस्तै अहिले डाइनोसर, जेव्रा, हात्ति,बकुल्ला लगायतका नौ वटा प्रजातिका डमीहरु राखिएको र घोडा सफारी सञ्चालन गरिएको छ। जसका कारण रुपन्देहीमा शंकरनगरको वन वाटिका पर्यटका लागि थप आर्कषण्को केन्द्र बनेको छ। गुल्मीका थम्नहादुर घिमिरेले वन वाटिकामा घोडा सफारी सञ्चालन गर्नुभएको छ। आजभोली दैनिक रुपमा सयौ जना बढीले घोडामा सफारी गर्ने गरेको घिमिरेको दावी छ। वन वाटिकाको युरुयोजना सम्पन्न भएपछि तिलोत्तमाको विकास र समृद्धिमा टेवा पुग्ने तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेको भनाइ छ ।सामुदायिक वनको उजाड क्षेत्रलाई २०६२ सालदेखि वन वाटिकाको रुपमा विकास गरी अहिले आन्तरिक तथा वाह्य पर्यटकको लागि आकर्षणको थलो बनेको वन वाटिकाका उपाध्ष्यक्ष खिमलाल पाण्डेले बताए। हाल वन वाटिकामा विभिन्न दलनिकट व्यक्तित्वका नाममा सात वटा पार्क,म्याङगो गार्डेन,बाल रेल,दुई दर्जन पिकनिक सेड,चमेना गृह, पुस्तकालय लगायतका पूर्वाधार छन्। लामो समय कोरोना भाइरसका कारण सुनसान जस्तै बनेको वन वाटिकामा अहिले आन्तररिक पर्यटक आउन थालेका छन्।