चैराशी पुजामा खर्च नगरी अक्षयकोष स्थापना

बुटवल,माघ २१।पाल्पाको रैनादेवी छहरा गाउंपालिका ५ मुझुङ निवासी नारायण बहादुर रायमाझीले बुवा चित्रबहादुर रायमाझीको चौराशी पुजामा हुने खर्च गरिव, असहाय तथा जेहेन्दार विद्यार्थीका लागि अक्षयकोष स्थापना गरेका छन्।चौराशी पुजामा लाग्ने पैसा खर्च नगरी बुवाको चौराशी पुजाको अवसरमा स्व.आमा धनकुमारी रायमाझीको स्मृतिमा १ लाख ५१ हजारको अक्षयकोष स्थापना गरिएको हो।


रैनादेवी छहरा ५ मुझुङमा रहेको कालिका माध्यामिक विद्यालयका विद्यार्थीका लागि चित्रबहादुर रायमाझी र स्व. बोधकुमारी अक्षयकोष स्थापना गरिएको छ।त्यस्तै बुटवल उपमहानगरपालिका ६ अस्पताललाईन निवासी हर्कबहादुर कार्की र बुहारी मिनाकुमारी कार्कीले बुवा स्व. ललितबहादुर कार्की र स्व. आमा जानुकुमारी कार्कीको स्मृतिमा पनि विद्यार्थीका लागि अक्षयकोष स्तापना गरेका छन्। स्व ललतिबहादुर कार्की र स्व. जानुकुमारी कार्की स्मृति अक्षयकोष स्थापना गरिएको छ।
गरिव , असहाय तथा जेहेन्दार विद्यार्थीका लागि १ लाख १ हजार १ सय ११ रुपैंयाको अक्षयकोष स्थापना गरिएको कुश कार्कीले जानकारी गराएका छन् ।सोही कालिका माध्यामिक विद्यालयको नवनिर्मित चारकोठे भवनका लागि हर्कबहादुर कार्कीले विद्यालयलाई सहयोग तथा चन्दा स्वरुप ११ हजार १ सय ५५ रुपैया सहयोग प्रदान गरेका छन्।