सगरमाथा साकोसद्वारा निलकण्ठधाम गुरुकुललाई सहयोग

 

 

बुटवल/सगरमाथा बहुद्देश्यीय सहकारी संस्था लि., बुटवलले आफ्नो स्थापनाको २१ बर्ष प्रवेशको अवसरमा बुटवलस्थित निलकण्ठधाममा रहेको गुरुकुल शिक्षालयलाई किताव राखने दराजहरु सहयोग प्रदान गरेको छ ।


बुटवल उपमाहानगरपालिका वडा नं. ९ स्थित धार्मिक स्थल निलकण्ठधाममा सञ्चालित संस्कृत गुरुकुल शिक्षालयमा अध्ययनरत बटुकहरुले प्रयोग गर्ने गरि सहकारीले ६ थान स्टीलका पुस्तक ¥याकहरु निशुल्क प्रदान गरेको हो । सोमवार धाममा आयोजित एक कार्यक्रममा सरकारीका कार्यबहाक अध्यक्ष कृष्ण प्रसाद पराजुली, सचिव कृष्णदेव भण्डारी, संस्थापक अध्यक्ष दिप आचार्य, सञ्चालक बाबुराम विक, कार्यक्रम संयोजक विमलराज भट्टराईले धामका उपाध्यक्ष चुरामणी पौडेल र प्रा. चेतनारायण आचार्यलाई हस्तान्तरण गर्नु भएको थियो ।
सो अवसरमा बोल्दै सहकारी कार्यबहाक अध्यक्ष कृष्ण प्रसाद पराजुलीले सामाजिक उत्तरदायित्व निर्वाहा गर्ने क्रममा सहकारीले संस्कृत शिक्षाको संरक्षण र प्रर्वद्धनमा सक्रिय निलकण्ठधामको गुरुकुललाई सहयोग गरेको बताउनु भयो ।


कार्यक्रममा संयोजक विमलराज भट्टराईको सञ्चालन, सचिव कृष्णदेव भण्डारीको स्थागतमा भएको कार्यक्रममा धामका उपाध्यक्ष चुरामणी पौडेल लगायत बोल्नु भएको थियो । सो अवसरमा गुरुकुलमा अध्ययरत बटुकहरुको उपश्थिति रहेको थियो । सो धाममा हाल ५१ जना विभिन्न जिल्लाका बटुकहरुले अध्ययन गर्दै आएका छन् ।