बुटवलका व्यवसायी तथा समाजसेवी खेम पुनको निधन

बुटवल,माघ२५गते।बुटवलका समाजसेवी तथा उद्यमी खेम पुनको निधन भएको छ।समाजसेवी पुनको ह्दयघातका कारण काठमाण्डौमा निधन भएको परिवारिक श्रोतले बताएको छ। ब्यवसायिक कामको शिलशीलमा विरगञ्ज गएका पुन आईतवार अचानक बेहोस भएपछि विरगञ्जस्थित तराई अस्पतालमा भर्ना गरिएको थियो। विरगञ्जमा उपचार सम्भव नभएपछि पुनलाई एयर एम्वुलेन्स मार्फत सोमवार काठमाण्डौस्थित मेडिसिटी अस्पतालमा लगिएको थियो। उपचारको क्रममा पुनको निधन भएको बताइएको छ।
पुनको शवलाई बुटवल ल्याएर अन्तेष्टी गरिने छ। करीव ३२ वषदेखि औषधी व्यवसाय र औषधी उत्पादनमा संलग्न ५९ वर्षिय पुनका एक श्रीमती र एक छोरा छन्।नेपाल औषधी ब्यवसायी संघ लुम्विनीको अध्यक्षसमेत बनेका पुनले आफुलाई बुटवल क्षेत्रमा समाजसेवीको पहिचान बनाएका थिए। गुल्मीको भार्सेमा जन्मिएका पुन बुटवलमा बसेर औषधी व्यवसाय सञ्चालन गर्दै आएका पुनले शिक्षा क्षेत्रमा सहयोग पुराउंदै आएका थिए।