सरकारले विभेद गरेको विद्यालय सञ्चालकको गुनासो

बुटवल,फागुन४गते।शिक्षामा नीजि क्षेत्रले पुराएको योगदानप्रति सरकारले मुल्याकंन गर्न नसकेको नीजि विद्यालय सञ्चालकहरुले बताएका छन्। सरकारले नीजि विद्यालयहरुको उच्च मुल्याकंन गर्ने बेला उल्टै अबमुल्याकंन गरेको उनीहरुको भनाइ छ। शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउन हौसला दिनुको साटो सरकारले नीजि विद्यालयलाई विभेद गरेको बताए। एन प्याब्सन रुपन्देहीले बुटवलमा आयोजना गरेको भेलामा बोल्ने नीजि विद्यालय सञ्चालकहरुले सरकारले सामुदायिक विद्यालयलाई काखा र नीजि विद्यालयहरुलाई पाखा लगाउने काम गरेको गुनासो गरेका छन्। सोही कार्यक्रममा बोल्दै एन प्याब्सनका केन्द्रिय अध्यक्ष ऋतुराज सापकोटाले राज्यको विभेदकारी व्यबहार मुख्य बाधक बनेको बताए। नीजि क्षेत्रका विद्यालय तथा शिक्षालाई सरकारले विभेद गर्नु लज्जाको विषय भएको अध्यक्षको भनाइ छ। सरकारले पाठ्यक्रम र विषयमा सीमा लगाउन खोज्नु गलत भएको उहांको भनाइ छ। उक्त कार्यक्रममा केन्द्रीय उपाध्यक्ष कौशल कार्की, महासचिव सुभाष न्यौपाने, केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेल, जिल्ला सल्लाहकार देउप्रकाश राई, उपाध्यक्ष विलप्रकाश गुरुङ लगायतले बोल्दै शिक्षामा समान अधिकारको सिद्धान्तबाट सरकार चुकेको बताउनुभयो। एन प्याब्सनका रुपन्देही अध्यक्ष पुरुषोत्तम बस्यालको अध्यक्षता र सचिव बाबुराम बन्जाडेको सञ्चालनमा कार्यक्रम भएको थियो। राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल (नेशनल प्याब्सन) को यही फागुन २२ र २३ गते बांकेमा केन्द्रीय महाधिवेशन हुंदै छ।