शान्ति नमुना माविले मनायो ६३ औं वार्षिकोत्सव

शान्ति सुरक्षाप्रति सरकार गम्भीर – गृहमन्त्री

श्यामलाल पोखरेल
तिलोत्तमा,फागुन २४ गते। गृहमन्त्री बालकृष्ण खांणले देश र जनताको शान्ति सुरक्षाका विषयमा सरकार गम्भीर रहेको बताएका छन् । सरकार शान्ति सुरक्षाप्रति प्रतिवद्व रहेको दावी गर्दै गृहमन्त्री खांणले सुरक्षामाथि खलल पुग्ने खालका गतिविधि गर्न कसैलाई पनि छुट नभएको बताए। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्रामस्थित शान्ति नमुना माध्यमिक विद्यालयको मंगलबार आयोजित ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा बोल्दै गृहमन्त्री खांणले शान्ति सुरक्षामा खलल पुराउनेप्रति सरकार कठोर बन्ने गहमन्त्री खांणको भनाइ छ ।


देशका सबै नागरिकको शान्ति सुरक्षाप्रति सरकार सचेत भएर लागेकाले शान्ति सुरक्षामा खलल पुराउने गतिविधि रोक्नका लागि सबैको साथ सहयोग चाहिने बताए। कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे, लुम्बिनी प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक मनोज गैरे, शिक्षा विकास तथा समन्वयइकाई रुपन्देहीका प्रमुख दिपेन्द्र ढकाल, नेपाल सरकारका सहसचिव तथा सह न्यायाधिवक्ता मोहन सागर बस्याल, शिक्षक महासंघ रुपन्देहीका सचिव लिलाधर न्यौैपाने, देवदह नगरपालिकाका शिक्षा शाखा प्रमुख टीकाराम शर्मा लगायतले विद्यालयको शैक्षिक विकासका लागि योगदान पु¥याउने प्रतिबद्धता जाहेर गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक कुलप्रसाद लामिछानेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थी संख्याका आधारमा जनशक्ति तथा पूर्वाधारको भएको बताउंदै पूर्वाधारका लागि आवश्यक सहयोग गर्न सरकारसंग माग गर्नुभयो । गृहमन्त्री बालकृष्ण खांणले विद्यालयमा निर्माण गरिएको १२ कोठे तथा ६ कोठे भवन, एच.एम. ल्यावको उद्घाटनसमेत गरेका छन् । वार्षिकोत्सवका अवसरमा विद्यालयको बृहतर विकासका लागि खटिने २४ जना शिक्षक कर्मचारी र २ जना विद्यालय व्यवस्थापन समिति सदस्यलाई सम्मान गरेको छ ।

त्यस्तै विद्यालयमा अक्षयकोष स्थापनागर्ने ११ जनादाता र विद्यालयलाई विविध क्षेत्रमा सहयोग गर्ने ३ वटा संस्थालाई सम्मानगरिएको छ । एस.इ.इ.माजि.पि.ए. ४ प्राप्तगर्न सफल ५जना विद्यार्थीलाई स्वर्ण पदकबाट, जि.पि.ए. ३.९० भन्दामाथि प्राप्त गर्ने १६ जनालाई रजत पदकबाट सम्मान गरिएको थियो । त्यस्तै दाताहरुले स्थापना गरेका ६५ वटा छात्रवृत्ति विद्यार्थीलाई वितरण गरियो भने, यस वर्ष उच्च शिक्षा अध्ययनका लागि पूर्णछात्रवृत्तिमा नाम निकाल्न सफल ३२ जना विद्यार्थीलाई सम्मान गरियो । त्यस्तै गतवर्ष एस.इ.इ. उत्तीर्ण ४ सय ४२जना र कक्षा १२ उत्तीर्ण ३ सय ६३ जनाविद्यार्थीसमेत पुरस्कृत भएका छन् । वार्षिकोत्सवका अवसरमाविद्यार्थीले परम्परागत नृत्यहरु, गायन तथा विभिन्न झाँकीहरु प्रस्तुत गरेका थिएभने नृत्य शिक्षक रन्जित भण्डारीले संयोजन गरेका थिए । यसैबीच,शिक्षा क्षेत्रमा योगदान पु¥याउने पत्रकार कृष्ण मल्ललाई पुरष्कृत गरिएको छ । स्व. फत्तबहादुर÷ देउमती काउँचा स्मृति पत्रकारिता पुरष्कारबाट मल्ललाई नगदसहित सम्मान गरिएको हो । कार्यक्रममा शिक्षक प्रतिनिधि चन्द्रकान्त पराजुलीले स्वागत मन्तव्य राखेका थिए भने, कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक किशोरकुमार खनाल, अंग्रेजीमाध्यम संयोजक दिपेन्द्र कुमारशाक्य र दशजोड दुईका संयोजक राजेन्द्र केसीले गरेका थिए । विद्यालयमाहालकरिव ४३ सय विद्यार्थीहरु अध्ययनरत छन् भने १ सय ५० जना शिक्षक कर्मचारी कार्यरत छन् ।