जागरुक साकोसको स्थापना दिवशका अवसरमा रक्तदान

 

 

 

बुटवल/बुटवल उपमहानगरपालिका वडा नं. ६ चन्द्रनगरमा रहेको जागरुक वचत तथा ऋण सहकारी संस्था लि., बुटवलले आफ्नो स्थापना दिवशको अवसरमा मंगलवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । स्थापना दिवशका अवसरमा विगतका बर्षहरुमा जस्तै यसवर्ष पनि रक्तदान काार्यक्रम गरेको संस्थाका अध्यक्ष लक्ष्मणप्रसाद बस्यालले बताउनु भयो ।
रक्त सञ्चार केन्द्र, बुटवलको प्राविधिक सहयोगमा संस्थाको कार्यालयमा आयोजना गरिएको रक्तदानमा ३५ युनिट रगत संकलन भएको सहकारीका शिक्षा उपसमितिका संयोजक कृष्ण कुमार पोखरेलले जनाएका छन् ।
संस्थाका अध्यक्ष बस्यालले मानव जिवन रक्षामा महत्वपूर्ण रहने रगतको अभाव कम गर्न सहयोग पुगोस भन्ने पवित्र उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।
शिक्षा उपसमितिका संयोजक कृष्ण कुमार पोखरेलले नियमित कार्यक्रम आयोजना गर्ने क्रममा रक्तदान कार्यक्रम आयोजना गरेको जनाएका छन् ।
कार्यक्रममा रक्त सञ्चार केन्द्र, बुटवलकी वरिष्ठ प्राविधि राधा शर्माले सहकारीले नियमित रक्तदान कार्यक्रमको आयोजना गरेर रगत संकलनमा केन्द्रलाई सजिलो बताएको भन्दै आभार व्यक्त गर्नु भएको थियो ।


२०६४ सालमा स्थापित सहकारीमा हाल करिब २ हजार शेयर सदस्य रहेको र संस्थाले मासिक, दैनिक वचत संकलन गर्नुकासाथै विभिन्न शिर्षकमा आफ्ना सदस्यहरुलाई ऋण लगानी गर्दै आएको संस्थाका कार्यालय प्रमुख सुन्दर रेग्मीले बताउनु भयो । संस्थाले यसै बर्ष २ दिवशीय कार्यक्रम राखेर ४ बर्षे रणनैतिक कार्ययोजना समेत तयार गरेको रेग्मी बताएका छन् । संस्थाले आगामी दिनमा उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने र बहुउद्देश्यमा लैजाने लक्ष्य लिएको छ ।
कार्यक्रम सस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बस्यालको अध्यक्षता, संस्थाका संचालक सदस्य एवं शिक्षा उपसमिति संयोजक कृष्ण कुमार पोख्रेलले सन्चालन गर्नु भएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष हिमलाल भट्टराईले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो भने ब्यवस्थापन संस्थाका सचिव श्याम प्रसाद पाण्डेले गर्नु भएको थियो । कार्यक्रम सस्थाका सल्लाहकार तुल्सिराम बन्जाडे, खगेन्द्र प्रसाद शर्मा, चन्द्रमणी भण्डारी, देबि प्रसाद पौडेल, ज्योति भण्डारी तथा सन्चालक सदस्यहरु, उपसमितिहरु, शेयर सदस्यहरु लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।