अनाथ आश्रमलाई हरियाली सहकारीद्वारा सहयोग

बुटवल,चैत्र९गते।लुम्बिनी अपाङ दृष्टिविहिन अनाथ आश्रमले ३३ जनालाई आश्रय दिएको छ । बुटवल उपमहानगरपालिका १५ उजेलापुरमा रहेको आश्रममा शारिरीक अपाङ, दृष्टिविहिन र अनाथ बालबालिका गरी ३३ जनाले आश्रय लिएका छन् । लुम्बिनी अपाङ दृष्टिविहिन अनाथ आश्रममा रहेका शारिरीक अपाङ, दृष्टिविहिन र अनाथ वालवालिकाले सानो तिनो व्यवसाय सञ्चालन गरेका छन् । सामान्य ब्लकले निर्माण गरिएको घर भाडमा लिएर आश्रममा आश्रितहरुले लुम्बिनी सुगन्धित अगरबत्ती, सेतो र कालो फिनेल उत्पादन गरेर बजारमा विक्री वितरण गर्ने गरेका छन् । त्यस्तै हार्पेक पनि प्याकिङ गरेर बिक्री गर्ने गरेका छन् । कोरोना संक्रमणका कारण आफुहरुले उत्पादन गरेका समानहरु बिक्री नभएकाले साझ बिहानको जोहो गर्न पनि समस्या भएको आश्रम सञ्चालक लिलाराम रोका मगरले बताउनुभयो । सहयोगी दाताहरुको सहयोगबाट जनतन सांझ, बिहानको गर्जो टारिएको र राज्यबाट कुनै सहयोग नमिलेको लिलाराम रोका मगरले गुनासो गरे। कही कतै पहुंच नहुंदा सहयोग नमिले पनि बेलाबेलामा सहयोगी दाताहरुको सहयोगबाट जीवीका चलाइएको शारिरीक अपाङ, दृष्टिविहिन र अनाथ वालवालिकाको गुनासो छ ।                  लुम्बिनी अपाङ दृष्टिविहिन अनाथ आश्रमका लागि बुटवल ४ मा रहेको हरियाली बहुउद्वेश्यीय सहकारीले खाद्यान्न दिएरु सहयोग गरेको छ । हरियाली सहकारीले चामल, दाल, तेल, नुन, पिठो, चिउरा लगायत दैनिक उपभोग्य बस्तु उपलब्ध गराएर अनाथ आश्रमलाई सहयोग गरेको हो । सहकारी सञ्चालकहरुले बुधबार आश्रममा एक कार्यक्रमको आयोजना गरी खद्यान्न सहयोग गरेका ुहन् । हरियाली सहकारीका अध्यक्ष सिद्वार्थ उदयले अनाथ आश्रममा आश्रितहरुका लागि आवश्यक अनुसार सक्दो सहयोग गर्ने प्रतिवद्वता जनाए।
उनले अहिले गरेको सहयोग सानो भएपनि केही न केही सहयोग होला भनेर सहयोग गरिएको र आगमी दिनहरुमा पनि सहकारीले सक्दो सहयोग पुराउने प्रतिवद्वता जनाए ।
अध्यक्ष सिद्वार्थ उदयले अनाथ आश्रमको बोर्ड जीर्ण भएकाले बोर्ड बनाएर थप सहयोग पुराउने र अरुपनि सहयोग गर्दै जानेसमेत प्रतिवता जनाए ।