कृषि विकास रणनीति तयारीबारे बुटवलमा अन्तरक्रिया

बुटवल,चैत्र१३गते।लुम्बिनी प्रदेशको कृषि, खाद्यय प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले कृषि विकास रणनीति तयार गर्ने भएको छ। समग्र लुम्बिनी प्रदेशको कृषि क्षेत्रको दिर्घकालिन विकासका लागि रणनीति योजना तयारीका लागि अन्तरक्रिया तथा गोष्ठी गरिएको छ। कृषिसंग सम्बन्धित सबै सरोकारवालाको सहभागितामा प्रादेशिक कृषि विकास रणनीति तयारी विषयक अन्तरक्रिया तथा गोष्ठीको आयोजना गरिएको हो।उक्त अन्तरक्रियामा कृषि मन्त्रालय अन्तर्गतको कृषि महाशाखा, स्थानीय तहका पशुपंक्षी तथा कृषि शाखा, जिल्ला समन्वय समिति, खाद्यय प्रयोगशाला, जिल्ला कृषि कार्यालय, किसान परियोजनाका प्रतिनिधिहरु र बाख्रा, माहुरी, भैसी, विउ विजन समूह, सहकारी सञ्जालका प्रतिनिधि,कृषक समूहका प्रतिनिधिको सहभागिता रहेको थियो। त्यस कार्यक्रममा बोल्दै कृषि, खाद्यय प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनीका सचिव बैकुण्ठ अधिकारीले कृषिको दीगो विकासका लागि दिर्घकालिन योजना बनाउन आवश्यक रहेको बताए।। कृषि मन्त्रालयका वाली विकास अधिकृत शालिकराम अधिकारीले कृषिको व्यवसायी करण गरी कृषिलाई उद्योगंग जोड्नु पर्ने बताए। ।कृषिमा पेशामा लागेका साना,ठूला र मझौला कृषकहरुलाई प्रोत्सान गर्नका लागि दिर्घकालिन योजना आवश्यक रहेको बताए।अब अनुदान कम गर्नुपर्ने र व्यवहारमा काम हेरेर मात्र अनुदानको व्यवस्था गर्नुपर्ने वाली विकास अधिकृत शालिकराम गौतमको भनाइ छ । विरेन्द्रबीर बस्नेत र हरिप्रसाद पण्डितले कृषिसंग सम्बन्धित सरोकारवालाहरुलाई प्रशिक्षण दिएका थिए।।