धुर्वतारा सयपत्री सहकारीद्वारा ६० युनिट रगत संकलन

बुटवल,चैत्र१५गते। धुर्वतारा सयपत्री सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ ।६५ औ राष्ट्रिय सहकारी दिवसका अवसरमा बुटवलमा सञ्चालित सयपत्री सहकारीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो। रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा मंगलबार बुटवलमा रक्तादन कार्यक्रमको आयोजना गरिएको थियो।

 थोपा थोपा रक्तदान, त्यसले बचाउं छ मान जीवन, रक्तदान गरौं आफु पनि बांचौ अरुलाई पनि बचाऔ भन्ने नाराका साथ धुर्वतारा सयपत्रीले नियमित रुपमा रक्तदान गर्दै आएको छ। सहकारीले अगाडी सारेको सामाजिक तथा मानवीय कार्यक्रम अनुसार रक्तदान कार्यक्रमको आयोजना गरिएको धुर्वतारा सयपत्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मानबहादुर केसीले बताए। सहकारीका सञ्चालक, शेयर सदस्य र अन्य रक्तदाताहरुले रक्तदान दिएको अध्यक्ष केसीले जानकारी गराए। सहकारीको महिला तथा सामाजिक कार्य उपसमितिको आयोजनामा रक्तदान गरिएको हो ।