विदेशी मुद्रा आर्जनका लागि नेपाली मौलिकता र संस्कृतिसंग जोडिएका सामाग्री बिदेशी वजारमा निर्यात

बुटवल,चैत २९गते। नेपाली मौलिकता र संस्कृतिसंग जोडिएका वस्तु तथा सामाग्री उत्पादनलाई उद्योगसंग जोडेर उत्पादन बढाउनुपर्ने सरोकारवाला निकायका अगुवाहरुले बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनीको आयोजना, स्वच्छ व्यवसायी समूह नेपाल र जागरण मिडिया सेन्टरको सहयोगमा मंगलबार रुपन्देहीको तिलोत्तमामा आयोजीत अन्तरक्रियामा बोल्ने वक्ताले नेपाली

संस्कृतिसंग जोडिएका उत्पादनहरुलाई विदेश निर्यात गर्न सकिने बताए । सांस्कृतिक तथा रचनात्मक उद्योगको प्रर्वद्वनबाट दीगो विकास लक्ष्य विषयक अन्तरक्रिया बोल्ने वक्ताले विदेशी मुद्रा आर्जन गर्नका लागि नेपाली मौलिकता र संस्कृतिसंग जोडिएका सामाग्रीहरु विदेश निर्यात गर्नुपर्नेमा जोड दिए । नेपालका सिमान्तकृत समुदायको मौलीक सीपमा आधारित उत्पादनलाई राज्यले निति नै बनाएर प्राथमिकता दिनुपर्ने उनीहरुको भनाइ छ । स्थानीय श्रोत र साधनमा आधारित उत्पादनले सिमान्तकृत समूदायका महिला तथा युवाहरुको आर्थिक तथा सामाजिक विकासको क्षेत्रमा टेवा पु¥याउने भएकाले प्रदेश सरकारलाई ध्यान दिन सुझाव दिए । कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सदस्य डा. कृष्ण न्यौपानेले नेपाली मौलिकता झल्काउने स्थानीय स्तरमा उत्पादन हुने खानादेखि विभिन्न खालका उत्पादनलाई बढावा दिनुपर्ने बताए। प्रदेशसभा सदस्य कमलादेवी विश्वकर्माले श्रमिक वर्गलाई इज्जत नगर्ने नेपाली प्रचलनलाई परिवर्तन गर्नुपर्ने बताइन। अर्का प्रदेशसभा सदस्य दीपा विश्वकर्माले नेपाली संस्कृतिसंग जोडिएका स्थानीय उत्पादनहरु विदेशी बजार पठाउन सकिने भएकाले त्यस्ता उत्पादनलाई बढवा दिनु पर्ने बताइन। कार्यक्रममा कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य विष्णुु माया थापाले साना लगानीमा उत्पादन भएकाहरुको प्रोत्साहनका लागि सरकारले बजेट तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता जनाईन ।कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले सरकारी कार्यालयबाट नेपालमै बनेको कपडा र नेपालकै उत्पादनको प्रयोगलाई नितिगत रुपमा शुरुवात गर्नुपर्ने बताए ।कार्यक्रममा कानूून महिला, वालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्रकुमार थापा, श्रम रोजगार तथा यातायात मन्त्रालयका सचिव दीपकराज नेपाल, नेपाल घरेलुु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुुवाल, चेम्बर अफ कर्मश लुम्बिनीका अध्यक्ष टंकप्रसाद पोखरेल, नेपाल घरेलु तथा साना उद्योग महासंघ लुुम्बिनीका अध्यक्ष नेत्रप्रसाद पाठक, स्वच्छ व्यवसाय समूहका उपाध्यक्ष कमल नारायण श्रेष्ठ, रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष कृष्ण पराजुली, रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष गणेश अधिकारी, रामबहादु बुुढा, मनोज भट्टराई लगायले बोल्दै स्वदेशी घरेलु उद्योगहरुको प्रवद्र्धन गरेर आयात विस्थापन गर्नुपर्नेमा जोड दिए।उक्त कार्यक्रममा लुम्बिनीका विभिन्न क्षेत्रका महिला तथा युुवाहरुले उत्पादन गरेका हस्तकलाका सामाग्री तथा खाद्य उत्पादनहरुको प्रदर्शनीसमेत गरिएको स्वच्छ व्यवासयी समूूहका निर्देशक श्रद्धा थापाले जानकारी दिईन । स्वच्छ व्यवसायी समूह नेपालका अध्यक्ष सुनिल चित्रकारले कार्यपत्र प्रस्तुत गरेका थिए ।