१५ औं गणतन्त्र दिवस

बुटवल,जेठ १५गते।आज जेठ १५ गते १५ औं गाणतन्त्र दिवस । राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएको दिनको सम्झनामा नेपालमा गणतन्त्र दिवस मनाउन शुरु गरिएको हो। २०६५ साल जेष्ठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा गरेको थियो।सोही दिनलाई सम्झदै गणतन्त्र दिवश मनाउन थालिएको हो। गणतन्त्र स्थापनापछि नेपालको २०७२ मा संविधान जारी भएको हो ।राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस हो आज। निरंकुश केन्द्रिकृत राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन हो आज।हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ। लुम्बिनी प्रदेशले पनि बुटवलमा विशेष कार्यक्रमको आयोजना गरी १५ औं गाण्तन्त्र दिवस मनाउंदै छ। १५ औं गणतन्त्र दिवस मनाउनका लुम्बिनी प्रदेश सरकारले १४, १५ र १६ गते विभिन्न कार्यक्रम गर्न लागेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ।आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले राष्ट्रिय पर्वका रुपमा जेठ १५ गतेको गणतन्त्र दिवस मनाउन लागिएको बताए ।मन्त्रालयका सचिव तथा गणतन्त्र दिवस सञ्चालन तथा व्यवस्थापन समितिका सदस्यसचिव कोमलप्रसाद धमलाले बुटवलसंग जोडिएका पालिकासंग समन्वय गरी दिवस मनाउने तयारी गरिएको जानकारी गराएका छन्।