रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्स र नेत्रहिन महिला संघ, रुपन्देहीको संयुक्त आयोजनामा

बुटवलमा बृहत्त रक्तदान कार्यक्रम

 

 

बुटवल\रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्स र नेत्रहिन महिला संघ, रुपन्देहीको संयुक्त आयोजनामा आइतवार बुटवलमा बृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगतको अभावलाई कम गर्न सो कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।


कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि रोटरी डिष्ट्रिक ३२९२, नेपाल भुटानका गर्भनर नोमिनी रो.राजेन्द्र ध्वजुले सामाजिक सेवा भावले आयोजना गरिएको रक्तदान कार्यक्रमले रगतको अभाव झेल्ने धेरै जिवनहरु बाच्न पाउने अवसर प्राप्त हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले रोटरीको मुख्य लक्ष्य नै सामाजिक सेवा भएको हुँदा रोटरी÷रोट्¥याक्टका सदस्यहरुले सेवा भावबाट कार्यक्रमहरुको आयोजना गर्न आग्रह गर्नु भयो । ध्वजुले महिला सशक्तिकरण र आय आर्जनका बाटाहरु पहिल्याएर क्लबमा महिलाहरुको सहभागिता बढाउन र समाजमा पछाडी पारिएका समुहलाई सहयोगी बन्न क्लब लाग्ने प्रतिवद्धता जनाउनु भयो ।


सो अवसरमा बोल्दै रोटरी क्लब अफ लुम्बिनी स्टार्सका चार्टर प्रेसिडेन्ट रो.यादव भण्डारीले असाहाय नेपाली नागरिकले रगतको अभावमा जिवन गुमाउन नपरोस भन्दै क्लबले निशुल्क रगत अभियान सञ्चालन गरेको स्मरण गराउँदै त्यसलाई अझ व्यापक बनाउने तर्फ लाग्न आग्रह गर्नु भयो ।
रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सका चार्टर प्रेसिडेन्ट रो.विमल ढकालले रक्तदान कार्यक्रममा नेत्रहिन महिला संघसंग सहकार्य गरेर आयोजना गर्ने अवसर प्राप्त भएकोमा त्यसले क्लबसंग एउटा ठूलो समुह जोडिन पुगेको भन्दै त्यसलाई आगामी दिनमा पनि निरन्तता दिन अनुरोध गर्नु भयो ।


क्लबका अध्यक्ष मुक्तिराम भण्डारी र नेत्रहिन महिला संघका अध्यक्ष निर्मला पाण्डेको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लब अफ लुम्बिनी स्टार्सका इलेक्ट प्रेसिडेन्ट रो. मुक्तिराम पन्थी, नेत्रहिन महिला संघकी सचिव तथा कार्यक्रम संयोजक समिक्षा ज्ञवाली, रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सका सहसचिव सरोज पाण्डे, पत्रकार सुमन अधिकारी लगायत बोल्नु भएको थियो । कार्यक्रममा स्वागत गर्नुहुँदै क्लवका अध्यक्ष मुक्तीराम भण्डारीले कार्यक्रम बारे प्रकाश पार्दे सबैलाई स्वागत गर्नु भएको थियो ।


रक्तदान कार्यक्रमको सुभारम्भ प्रमुख अतिथि रोटरी क्लबका डिष्ट्रिक ३२९२, नेपाल भुटानका गर्भनर नोमिनी रो. राजेन्द्र ध्वजुले पहिलो रक्तदाता किरण ढकाललाई रगत संकलन गर्ने ब्याग हस्तान्तरण गरेर गरिएको थियो । रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन भएको रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष मुक्तिराम भण्डारीले जनाएका छन् ।