लायन्स क्लब अफ सैनामैना बोलबमद्वारा ५ हजार बढीको आखां परिक्षण

बुटवल, जेठ ३१ गते। सैनामैना नगरपालिकामा क्रियाशिल अन्तररास्टृय संस्था लायन्स क्लव अफ सैनामैना बोलबमले लायन्स ग्राण्ड आई केयर क्याम्पेनिङ–५ हजार अन्तरगत जम्मा ५ हजार २ सय ६७ जनाको निःशुल्क आखां परिक्षण गरेका छन् ।    सोमबार र मंगलबार गरि दुई दिन सञ्चालित उक्त कार्यक्रममा नगरपालिका भित्रका ८ वटा विद्यालयमा अध्ययन गर्ने कक्षा युकेजीदेखि कक्षा १० सम्मका विद्यार्थीको आखां परिक्षण गर्दा जम्मा १ सय २७ जना विद्यार्थीमा आखांको समस्या देखिएको र उक्त सबै विद्यार्थीको आवस्यक सम्पूर्ण उपचार लायन्स आखां अस्पत्ताल बुटवलको सहकार्यमा लायन्स क्लब अफ सैनामैना बोलबमले गर्ने क्लवका अध्यक्ष जेबि.क्षेत्रीले बताए।बर्षभर हरेक महिना समाजसेवाका बिभिन्न क्षेत्रमा नियमित कार्यक्रम गर्दै आएको क्लबले जुन महिनाको कार्यक्रम अन्तरगत दुईदिने बृहत आखा परिक्षण तथा निःशुल्क उपचारको कार्यक्रम सञ्चालन गरेको हो।विद्यार्थीमा देखिने आखाको समस्या समयमै पहिचान नहुंदा कलिला विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर पर्ने भएकाले सोको पहिचान र निवारणका लागि क्लबले यस कार्यक्रमको आयोजना गरेको सचिव राधा सिन्जालीले जानकारी गराइन ।क्लवका अध्यक्ष जे.बी षेत्रीका अनुसार यस आर्थिक बर्षमा नगरपालिका ८ वटा विद्यालयमा आंखा सिविर सन्चालन गरेको क्लवले आगामी साउनदेखि अन्य विद्यालयहरुमा नियमित आंखा परिक्षण कार्यक्रम गरिने छ ।