सुरेन्द्रकुमार शाक्यको नेतृत्वमा भलिवल संघ रुपन्देहीमा नयां नेतृत्व

बुटवल,असार६ गते। जिल्ला भलिवल संघ रुपन्देहीको ८ औं वार्षिक साधारण सभा तथा ५ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।पांचौ अधिबेशनले सुरेन्द्रकुमार शाक्यको अध्यक्षतामा १३ सदस्यीय नयां समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा रामबहादुर थापा र  लोकेन्द भण्डारी, महासचिवमा शेरजंङ गुरुङ ईश्वर, र कोषाध्यक्षमा तुलबहादुर थापा चयन भएका छन् ।समितिको सदस्यमा महेश खनाल,विश्वास ढकाल, ममता बुढाथोकी, लाल प्रकाश थापा, विजयी गुरुङ, ईन्दीरा राना, प्रताव खवास र किशनबहादुर चन्द निर्वाचित भएको निर्वाचन समितिले जानकारी गराएको छ ।साधारण सभा उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश खेलकुंद परिषदका सदस्य सचिव जयप्रकास भट्रराईल खेलकुंदको विकासमा राजनैतीतिक दलहरु गम्भीर हुन नसकेकाले सोंचे जसरी खेल क्षेत्र फस्टाउन नसकेको बताए।संघका अध्यक्ष योग गुरङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल भलिवल महासंघकी उपाध्यक्ष निरोध शाक्य, खेलकुंद पत्रकार संघ रुपन्देहीका अध्यक्ष पत्रकार सुमन अधिकारी,पत्रकार दिनेश पाण्डे, संघका निर्वतमान अध्यक्ष विष्ण्ुाकुमार श्रेष्ठ,सल्लाहकार टुकबहादुर क्षेत्री,महेश खनाल लगायतले खेलकुंदको क्षेत्रमा सरकारले बजेट विनियोजन गर्न नसक्दा खेलकुंद क्षेत्रमा खेलाडीहरुको संरक्षणमा समस्या देखिएको बताए।