रुपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचनको उम्मेदवारी


बुटवल, जेठ २३ गते । रुपन्देही क्रिकेट संघको अध्यक्षका लागि शक्ति गौचनले उम्मेदवारी घोषणा गरेका छन् । यह िजेठ २५ गते संघको ३० औं वार्षिक साधारण सभा तथा पांचौ अधिवेशन हुदै छ ।

वार्षिक साधारण सभा तथा पांचौ अधिवेशनबाट नयां नेतृत्व चयन गर्नुपर्ने र नयां नेतृत्वका लागि सर्वसव्बत हुन नसेकपछि शक्ति गौचनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
लुम्बिनी खुकरी क्लवले शनिबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा गौचनले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
२५ वर्षदेखि निरन्तर रुपमा क्रिकेट क्षेत्रमा खेलदै र काम गर्दै आएको अनुभव भएकाले क्रिकेटलाई समयका माग अनुसार व्यवस्थि तगर्नका लागि आफुले उम्मेदवारी दिने घोषणा गरेको पत्रकार सम्मेलनमा बताए ।

उनले क्रिकेट क्षेत्रको विकासका लागि खेल मैदानहरुको भौतिक निर्माण गर्नुपर्ने र खेलाडीहरु उत्पादन गर्नुपर्ने भएकाले तयसका लागि आफुसंग दिर्घकालिन योजना भएको बताए ।
यस अधिको अधिवेशनबाट अध्यक्षमा शक्ति गौचन पराजित भएका थिए । रुपन्देही क्रिकेट संघको अध्यक्षका लागि वर्तमान अध्यक्ष हरिबहादुर थापाले पनि पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
चार वर्षअघि शक्ति गौचनलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका थापा फेरी पनि अध्यक्षमा दोहोरिन खोजेपछि सहमति हुन नसकेको हो ।























